हाम्रो गाडी एक्सप्रेस रोडमा गुडेको छ, गन्तव्य पुगेपछि ब्रेक लगाउँछ–प्रधानमन्त्री शाह

Jun 21, 2026 05:58 PM Merolagani



प्रधानमन्त्री बालेन शाहले सरकार एक्सप्रेस रोडमा गुडेको गाडी भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन मूल समारोहका क्रममा बोल्दै उनले आफ्नो सरकारलाई गाडीसँग तुलना गर्दै बीचमा गाडीले ब्रेक नलाउने बताएका हुन् ।

‘हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन् । हाम्रो गाडी एक्सप्रेस रोडमा गुडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्र ब्रेक लगाउँछ ।’ उनले बताए । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीप्रति लक्षित गर्दै उनले सरकार एक्सप्रेस वेमा अघि बढेकाले बीचमा ब्रेक नलाग्ने बताएका हुन् ।