रास्वपा महाधिवेशनकाे बन्द सत्र अझै शुरू भएन

Jun 22, 2026 12:09 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र केही ढिला गरी सुरु हुने भएको छ।

 बिहान साढे ८ बजेका लागि तय गरिएको कार्यक्रम प्रतिनिधिहरूको पहिचान र प्रमाणीकरणमा समय लागेका कारण अझै सुरु हुन नसकेको हो।

हाल चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरू परिचय पत्र देखाउँदै हलभित्र प्रवेश गरिरहेका छन्। यस पटक महाधिवेशन प्रतिनिधिका लागि ठूलो संख्यामा दाबी-विरोध परेपछि हाल विवरणहरू रुजु गर्ने काम भइरहेको छ। कतिपय संघीय सांसदहरू समेत प्रतिनिधि सूचीमा नपरेका कारण उनीहरूले दाबी-विरोधको फाराम भरेका छन्। छानबिन पश्चात् प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गरिने जनाइएको छ।

कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमितिका संयोजक कविन्द्र बुर्लाकोटीका अनुसार दाबी-विरोध व्यवस्थापन र रुजु प्रक्रियाका कारण बन्द सत्र निर्धारित समयभन्दा डेढ देखि दुई घण्टा ढिलो गरी सुरु हुने देखिन्छ।