सुरुमा उनलाई बाँकेको नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालयमा राख्ने तयारी गरिए पनि सुरक्षाको कारण देखाउँदै राति नै सार्वजनिक बसमार्फत काठमाडौं पठाइएको थियो। कलंकी र बल्खु हुँदै काठमाडौं ल्याइएका पौडेललाई सिधै ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा पुर्याइएको छ।
विभागकै पत्राचारका आधारमा नियन्त्रणमा लिइएका उनलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिनका लागि आजै अदालतमा पेस गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।