अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैनः पूर्वप्रधानमन्त्री खनाल

Jun 28, 2026 04:27 PM Merolagani



पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले संविधानलाई ‘बाँदरको हातमा नरिवल’ बन्न दिन नहुने बताएका छन् ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । दक्ष र सरोकारवाला पक्षबाहेक ‘अनाडी’हरूको संलग्नतामा गरिने संशोधनले मुलुकलाई सही दिशा नदिने तर्क गरे । उनले संविधानको मूल मर्मलाई आत्मसात गर्दै विधिसम्मत ढङ्गले मात्र परिमार्जनको बाटो रोज्नुपर्ने धारणा व्यक्त गरे । नेता खनालले संविधानलाई एक गतिशील र लचिलो दस्तावेजका रूपमा चित्रण गर्दै समयको मागअनुसार यसलाई परिष्कृत र परिमार्जित गर्नुपर्ने आवश्यकता औँल्याए। यद्यपि, संविधान संशोधनको प्रक्रिया स्थापित मापदण्ड, निश्चित मापदण्ड र संवैधानिक संयन्त्रका आधारमा मात्रै गरिनुपर्नेमा उनले जोड दिए । वर्तमान संविधान र गणतन्त्रमाथि खतरा उत्पन्न भएको बताउँदै मुलुक गम्भीर राजनीतिक सङ्कटतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने, ‘आज यो देशमा जुन खालका चुनौतीहरू खडा भएका छन् । राजनीतिक चुनौती देखि लिएर यो देशको अस्तित्व माथि खतरा आइरहेको छ । गणतन्त्र माथि खतरा आइरहेको छ । अहिलेको संविधान माथि खतरा आइरहेको छ । त्यस हुनाले संविधान एउटा लचिलो डाइनामिक पक्कै पनि दस्तावेज हो । त्यसलाई परिष्कृत परिमार्जित गर्नुपर्छ । तर बाँदरको हातमा नरिबल बन्न दिनु हुँदैन । संविधानलाई हामीले संशोधन गर्नुपर्यो भने पनि त्यही स्ट्याण्डरका आधारमा, त्यही मेकानिज्मका आधारमा हामीले गर्नुपर्ने हुन्छ । अनाडीहरूबाट संविधान संशोधन गरिँदैन । त्यस हुनाले म अन्त्यमा के भन्न चाहन्छु भने देश सङ्कट तर्फ जाँदैछ । सङ्कट गहिरिँदैछ । त्यस हुनाले यो सङ्कटबाट राष्ट्रलाई मुक्त गर्ने वास्तविक देशभक्त शक्ति वामपन्थी शक्ति नै हो । विगतका सारा कमजोरीहरूबाट मुक्त भएर देशको राष्ट्रियतालाई जोगाउन र समाजवादको दिशा तर्फ अगाडि बढ्न वैज्ञानिक समाजवाद प्राप्त गर्न विगतका सारा हाम्रा जुनजुन विज्डमहरू, त्यो विज्डमहरूलाई हामी एकत्रित गरौँ ।’

उनले सम्पूर्ण वामपन्थी शक्तिहरूलाई गोलबन्द भएर राष्ट्रियता जोगाउन र समाजवादको मार्ग प्रसस्त गर्न समेत आह्वान गरे ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।