यी हुन् विश्वका अर्बपतिले मनपराउने सहर

Jun 28, 2026 05:21 PM Merolagani



तपाईलाई जिज्ञासा लाग्न सक्छ विश्वका अर्बपति कस्ताे ठाउँ वा सहरमा बस्छन् भनेर । जिज्ञासा लाग्नु स्वभाविकै पनि हाे । धन हुनेहरु शान्त र रमणिय स्थान खैज्दै हिडँछन् भन्ने धेरैलाई लाग्न सक्छ । हालै हुरुन ग्लोबल रिचले धनी बस्ने सहरकाे फेहरिस्त नै प्रकासित गरेकाे छ ।

हुरुन ग्लोबल रिच लिस्ट २०२६ अनुसार अमेरिकाको न्युयोर्कमा विश्वमा सबैभन्दा धेरै अर्बपति छन्। जसको संख्या १४६ छ। अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र विश्वका शीर्ष १०० कम्पनीहरुमध्ये आधाभन्दा बढी यही देशका छन्।

 

 

न्युयोर्कपछि चीनको शेन्जेन, सांघाई, बेइजिङ र हाङझाउ अर्बपतिहरु बस्ने गरेका छन्। त्यसपछि बेलायतको राजधानी लन्डनमा बस्छन् । भारतको आर्थिक राजधानी मुम्बई, दिल्ली र बेंगलुरुमा पनि उल्लेखनि रुपमा अर्बपतिहरु बस्ने गरेका छन्। त्यसपछि धेरै अर्बपति बस्ने भनेकाे हङकङ, सान फ्रान्सिस्को, मस्को हाे ।

यसपछि सिंगापुर, ताइपेई, पेरिस, साओ पाउलो, ग्वाङ्झाउ, लस एन्जलस र बैंककमा अर्बपतिहरु बस्छन्। इन्डोनेसियाको राजधानी जकार्ता, जापानको टोकियो, टर्कीको इस्तानबुलमा पनि अर्बपतिहरु बस्ने गरेका छन्। स्टकहोम, मिलान, टोरन्टो, मेलबर्न र दुबईमा अर्बपति बस्नेहरु बस्ने गरेकाे उक्त अध्ययनले देखाएकाे छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।