फिफा विश्वकप २०२६ः ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टरफाइनलमा

Jul 06, 2026 04:36 AM Merolagani



फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) को एक रोमाञ्चक खेलमा नर्वेले विश्व फुटबलको पावरहाउस ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको छ।

न्यूयोर्क न्यूजर्सी स्टेडियममा आइतबार दिउँसो खेलिएको यस महाभिडन्तमा नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्ड चम्किएपछि पाँच पटकको विश्व विजेता ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। यो जितसँगै नर्वे आफ्नो इतिहासमा पहिलो पटक विश्वकपको क्वार्टरफाइनल (अन्तिम आठ) मा प्रवेश गर्न सफल भएको छ।

खेलको १४औँ मिनेटमा ब्राजिलले खेलमा अग्रता लिने ठूलो मौका पाएको थियो। नर्वेका डिफेन्डर क्रिस्टोफर अजेरले डिबक्सभित्र फल गरेपछि भीएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिइएको थियो। तर, ब्राजिलका मिडफिल्डर ब्रुनो गुइमारेसको पेनाल्टी प्रहारलाई नर्वेका गोलकिपर ओर्जन निल्यान्डले उत्कृष्ट बचाउ गर्दै असफल पारिदिए। नर्वेले ६४ प्रतिशत बल पोजेसन राख्दै खेलमा नियन्त्रण बनाए पनि दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् र खेल ०–० को बराबरीमा रह्यो।

दोस्रो हाफको ५९औँ मिनेटमा मैदान प्रवेश गरेका ब्राजिलका युवा स्टार एन्ड्रिकले गोल गर्ने सुनौलो अवसर पाएका थिए, तर निल्यान्डले पुनः एक पटक उत्कृष्ट बचाउ गरे। खेलको ७९औँ मिनेटमा नर्वेले गतिरोध तोड्यो। एन्ड्रियास स्क्यानडेरुपको उत्कृष्ट क्रसमा अर्लिङ हालान्डले हेडिङमार्फत सानदार गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाए।

खेल सकिनै लाग्दा ९०औँ मिनेटमा हालान्डले डिबक्स बाहिरबाट लोभलाग्दो लामो प्रहार गर्दै बललाई नेटको जाली चुमाए। यस गोलसँगै नर्वे २–० ले अघि बढ्यो र यो यस विश्वकपमा हालान्डको सातौँ गोल थियो।

दोस्रो हाफको इन्जुरी समयको १०औँ मिनेटमा ब्राजिलले पुनः पेनाल्टी पायो। यस पटक भेट्रान स्ट्राइकर नेयमारले गोल गर्दै दूरी २–१ मा झारे पनि ब्राजिललाई हारबाट जोगाउन त्यो निकै ढिलो भइसकेको थियो।

यो जितसँगै नर्वेले ब्राजिलविरुद्धको आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। ऐतिहासिक रूपमा ब्राजिलले नर्वेलाई फुटबल इतिहासमा अहिलेसम्म पराजित गर्न सकेको छैन (नर्वेको ३ जित र २ बराबरी)। अब नर्वेले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा आफ्नो अर्को चुनौतीको सामना गर्नेछ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।