अल्जेरियामाथिकाे सहज जितसँगै स्विट्जरल्याण्ड लगातार चौथो पटक अन्तिम १६ मा

Jul 03, 2026 10:49 AM Merolagani



फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत क्यानडाको बीसी प्लेस भ्यान्कुभर स्टेडियममा आज सम्पन्न खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० ले पराजित गरेको छ।

उत्कृष्ट रक्षात्मक समन्वय र आक्रामक सुरुवातको मद्दतले स्विट्जरल्याण्डले खेलमा पूर्ण नियन्त्रण जमाउँदै विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्‍यो। यस जितसँगै स्विस टोलीले लगातार चौथो विश्वकपमा नकआउट चरण (राउन्ड अफ १६) को यात्रा तय गरेर नयाँ इतिहास रचेको छ।

खेलको १०औँ मिनेटमै स्विट्जरल्याण्डले सुरुवाती अग्रता लियो। युवा फरवार्ड जोहान मान्जाम्बीले डिबक्स बाहिर बल नियन्त्रणमा लिँदै डिफेन्डरहरूलाई छक्याएर दिएको पासमा ब्रिल एम्बोलोले डिबक्स भित्रबाट चलाखीपूर्ण ट्याप–इन गोल गरे।

पहिलो हाफमा १–० को अग्रता बनाएको स्विट्जरल्याण्डले दोस्रो हाफको पहिलो मिनेटमै (४६औँ मिनेट) अर्को गोल थप्यो।अल्जेरियाका डिफेन्डरहरूले बल क्लियर गर्न नसकेको गल्तीको फाइदा उठाउँदै ड्यान एनडोयले सानदार फिनिसिङका साथ टोलीको अग्रता २–० बनाए।

अल्जेरियाका मुख्य प्रशिक्षक भ्लादिमिर पेटकोभिच (जसले यसअघि ७ वर्ष स्विट्जरल्याण्डको टोली सम्हालेका थिए) का लागि यो खेल चुनौतीपूर्ण रह्यो। कप्तान रियाद महरेजको कप्तानीमा रहेको अल्जेरियाले दोस्रो हाफमा अमिन गुइरी र हिशाम बौदाउइ जस्ता खेलाडीलाई मैदान प्रवेश गराएर काउन्टर अट्याकको प्रयास गरे पनि स्विस गोलकिपर ग्रेगोर कोबेल र रक्षापंक्तिलाई तोड्न सकेन।

राउन्ड अफ १६ मा प्रवेश गरेको स्विट्जरल्याण्डले अब क्वाटरफाइनल यात्राका लागि कोलम्बिया वा घाना मध्ये एक विजेता टोलीसँग आगामी जुलाई ७ मा भ्यान्कुभरमै प्रतिस्पर्धा गर्नेछ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।