फिफा विश्वकप २०२६ः गोल्डेन बुटको दौडमा रोमाञ्चक त्रिपक्षीय भिडन्त, शीर्ष स्थानमा मेसी, एम्बाप्पे र हालान्डको टक्कर

Jul 06, 2026 05:01 AM Merolagani



फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ १६) का खेलहरू सकिँदै गर्दा यस वर्षको प्रतिष्ठित ‘गोल्डेन बुट’ उपाधिको दौड अत्यधिक रोमाञ्चक मोडमा पुगेको छ।

फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक लियोनेल मेसी, साविक विजेता टोलीका फ्रान्सेली स्टार किलियन एम्बाप्पे र नर्वेका सनसनीपूर्ण स्ट्राइकर अर्लिङ हालान्ड बीच शीर्ष स्थानका लागि त्रिपक्षीय टक्कर भइरहेको छ। हालान्डले आज बिहान (नेपाली समयअनुसार) ब्राजिलविरुद्ध दुई सानदार गोल गरेपछि शीर्ष स्थानमा रहेका मेसी र एम्बाप्पेको बराबरी गर्दै यो दौडलाई अझै रोचक बनाइदिएका छन्।

विश्वकप २०२६ को हालसम्मको तथ्याङ्क अनुसार लियोनेल मेसी, किलियन एम्बाप्पे र अर्लिङ हालान्डको समान ७ गोल रहेको छ। सोपश्चात ५ गोलसहित इङ्गल्याण्डका ह्यारी केन चौथो स्थानमा रहेका छन् भने ४ गोल गरेका ब्राजिलका भिनिसियस जुनियर पाँचौ स्थानमा रहेका छन्। शीर्ष स्थानमा रहेका तीनमध्ये एम्बाप्पे र हालान्डले अन्तिम १६ खेल खेलिसकेका छन् भने मेसीको सो चरणको खेल बाँकी छ।

मुख्य दाबेदारहरूको प्रदर्शन र कीर्तिमानहरू

लियोनेल मेसी (अर्जेन्टिना) — ७ गोल

आफ्नो छैटौँ तथा सम्भवतः अन्तिम विश्वकप खेलिरहेका अर्जेन्टिनी कप्तान लियोनेल मेसी यस पटक गोल्डेन बुट जित्ने बलियो दाउमा छन्। उनले राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध गोल गर्दै विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या २० पुर्‍याएका छन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो। साथै, मेसी विश्वकपका लगातार ८ खेलमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी समेत बनेका छन्।

२. किलियन एम्बाप्पे (फ्रान्स) — ७ गोल

सन् २०२२ को विश्वकपमा गोल्डेन बुट जितेका फ्रान्सका कप्तान किलियन एम्बाप्पे यस पटक पनि उत्तिकै लयमा देखिएका छन्। पाराग्वेविरुद्धको कठिन खेलमा ७०औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै उनले आफ्नो गोल संख्या ७ पुर्‍याए। लगातार दोस्रो पटक गोल्डेन बुट जितेर इतिहास रच्ने दाउमा एम्बाप्पे रहेका छन्।

३. अर्लिङ हालान्ड (नर्वे) — ७ गोल

आफ्नो जीवनको पहिलो विश्वकप खेलिरहेका नर्वेका ‘गोल मेसिन’ अर्लिङ हालान्डले विश्व फुटबलमा आफ्नो दबदबा प्रमाणित गरेका छन्। राउन्ड अफ १६ को महाभिडन्तमा बलियो टोली ब्राजिलविरुद्ध दोस्रो हाफमा २ सानदार गोल गर्दै उनले मेसी र एम्बाप्पेको कीर्तिमानलाई भेट्टाएका हुन्। नर्वेलाई पहिलो पटक क्वार्टरफाइनलमा पुर्‍याएका हालान्डको लयले पुराना दिग्गजहरूलाई ठूलो चुनौती दिएको छ।

फिफाको टाई–ब्रेकर नियम

यदि विश्वकपको अन्त्यमा दुई वा सोभन्दा बढी खेलाडीहरूको गोल संख्या बराबर भएमा, फिफाको नियम अनुसार निम्नलिखित आधारमा गोल्डेन बुटको विजेता घोषणा गरिनेछः

१. असिस्टः जसले सहकर्मी खेलाडीलाई गोल गर्न बढी पास (असिस्ट) मिलाइदिएको छ, उसैले अवार्ड पाउनेछ।

२. कम समयः यदि असिस्ट पनि बराबर भएमा, मैदानमा सबैभन्दा कम समय बिताएर गोल गर्ने खेलाडी विजेता बन्नेछ।

क्वार्टरफाइनलका खेलहरू जुलाई ९ बाट सुरु हुँदैछन्। ती खेलहरूमा मेसी, एम्बाप्पे र हालान्डको प्रदर्शनले नै यस वर्षको गोल्डेन बुट कसको पोल्टामा जान्छ भन्ने कुराको निर्धारण गर्नेछ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।