नेप्से घट्ने क्रम जारी, कारोबार रकम भने बढ्यो

Jul 13, 2026 03:08 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ३०.६० अंक घटेर २५७०.१८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६८ स्टकको ५१ हजार २९५ पटकको कारोबारमा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँबराबरको ४ करोड १७ लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। ऋणपत्रको कारोबार बढेसँगै यस दिन पनि कारोबार रकम बढ्न पुगेको हो।

यस दिन बढेका स्टकहरुको मूल्य वृद्धिदर साढे ५ प्रतिशतभन्दा कम रहेको छ। मूल्य बढेका शीर्ष १० स्टकहरुको पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ५.३७ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ११.२८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७/८८ शीर्ष स्थानमा रहेको छ। यस दिन ४८ करोड ४६ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको हो। त्यस्तै, यस दिन ४६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ किनबेच भएको छ भने एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०९१ को कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।