सुनचाँदीको मूल्य बढ्यो

Jul 31, 2026 10:57 AM Merolagani



साउन १५ गते, शुक्रबार, नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।