बैंकिङ प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

Aug 07, 2026 12:01 PM Merolagani



नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिनका लागि उक्त रकम सङ्कलन गर्न लागेको हो।

इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा न्यूनतम १० करोडदेखि १० करोडले भाग जाने गरी अधिकतम आह्वान गरिएको कुल रकमसम्म बोल गर्न पाइनेछ।

बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ। यदि समान ब्याजदरमा माग बढी भएमा प्रो-राटा (अनुपातिक) आधारमा रकम बाँडफाँट गरिने बैंकले जनाएको छ। यस उपकरणको परिपक्व हुने अवधि आगामी भदौ २२ गते तोकिएको छ। उक्त मितिमा राष्ट्र बैंकले निर्धारित ब्याजसहित साँवा रकम सम्बन्धित बैंकको खातामा जम्मा गरिदिनेछ।

विशेष सर्तअनुसार यो निक्षेप रकमलाई बैंकहरूले आफ्नो लगानी पोर्टफोलियोमा गणना गर्न पाउने छैनन्। यद्यपि, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात  र तरलता अनुपातमा भने यसलाई गणना गर्न पाइने सुविधा छ। यो निक्षेप अवधि सकिनुअघि फिर्ता (प्रि-म्याच्योर पेमेन्ट) हुने छैन।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।