एआई, रोवर्ट र इभिको युगमा टिनको चम्किलो भविश्यः केही वर्षमै सुन र चाँदीभन्दा पनि महत्त्वपूर्ण व्यवसायिक धातु बन्ने

Aug 15, 2026 05:50 PM Mero lagani



कुनै समय ‘टिन’ भन्नेबित्तिकै नेपाली समाजमा टिनको छाना, टिनको बाकस, डब्बा वा भाँडाकुँडा सम्झिन्थ्यो । 

टिन औद्योगिक क्रान्तिको पुरानो धातु थियो, तर आधुनिक प्रविधिको अग्रपंक्तिमा यसको चर्चा खासै सुनिँदैनथ्यो ।

अब परिस्थिति बदलिँदैछ। विश्व अर्थतन्त्र कृत्रिम बुद्धिमत्ता (एआई), विद्युतीय सवारी, नवीकरणीय ऊर्जा, डेटा सेन्टर, रोबोटिक्स र सेमिकन्डक्टरतर्फ तीव्र गतिमा अघि बढिरहेका बेला टिन फेरि चर्चामा आएको छ। कतिपय विश्लेषकहरु त अबको केही वर्षपछि विश्व बजारमा टिन सुन, चाँदी, तामा र पित्तलभन्दा पनि महत्त्वपूर्ण धातु बन्ने दावि गर्न थालेका छन् ।

मोबाइल फोनको सानो circuit board देखि एआई चलाउने विशाल data centre का server सम्म पुग्दा एउटा साझा कुरा भेटिन्छ—विद्युतीय तथा इलेक्ट्रोनिक अवयवलाई सुरक्षित र भरपर्दो रूपमा जोड्न solder चाहिन्छ, र त्यसमा टिनको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। सरल भाषामा भन्दा मोबाइल, कम्प्युटर, टेलिभिजन, गाडीको electronic control system, solar panel र data-centre hardware भित्र टिन नदेखिए पनि टिनको काम भइरहेको हुन्छ।

यही कारण अमेरिकाले सन् २०२५ मा तयार पारेको ६० वटा critical minerals को सूचीमा टिनलाई पनि समेटेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार टिनको प्रयोग food and beverage cans, solder, chemicals, tin alloys तथा corrosion-resistant coatings मा हुन्छ।

टिनको सबैभन्दा ठूलो विशेषता यसको बजारको आकार होइन, आपूर्तिको संवेदनशीलता हो।

USGS को २०२६ Mineral Commodity Summaries अनुसार सन् २०२५ मा विश्वभर खानीबाट करिब २ लाख ९० हजार टन टिन उत्पादन भएको थियो । त्यसमध्ये चीनले करिब ७१ हजार टन,  इन्डोनेसियाले करिब ६१ हजार टन, पेरुले ३३ हजार टन,  ब्राजिलले २८ हजार टन र कंगोले करिब २७ हजार टन उत्पादन गरेका थिए।  अर्थात् चीन र इन्डोनेसिया मात्रै विश्व उत्पादनको झन्डै आधा हिस्सा ओगट्छन्।

International Tin Association का अनुसार सन् २०२३ मा विश्व टिन प्रयोगको करिब ५१ प्रतिशत solder मा गएको थियो। Solder कुनै चम्किलो वा आकर्षक वस्तु होइन । तर आधुनिक इलेक्ट्रोनिक्समा यसको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। मोबाइलको circuit board, कम्प्युटर, automobile electronics, industrial equipment, telecommunications equipment र server सबैमा electronic components लाई circuit board सँग जोड्न solder प्रयोग हुन्छ।

अझ महत्त्वपूर्ण परिवर्तन के हो भने electronics उद्योगले lead प्रयोग घटाउँदै लगेको छ। International Tin Association का अनुसार २०२३ सम्म electronics मा प्रयोग हुने solder मध्ये करिब ९२ प्रतिशत lead-free भइसकेको थियो ।

स्मरणीय के छ भने  एआई चिप टिनबाट बन्दैन।  सेमिकन्डक्टरको मुख्य पदार्थ silicon हो। तर चिप बनेपछि त्यसलाई अन्य electronic components, package, substrate, circuit board र power system सँग जोड्न interconnection technology आवश्यक हुन्छ। यही ठाउँमा tin-based solder को भूमिका आउँछ।  त्यसैले AI को टिनमा प्रभाव प्रत्यक्षभन्दा बढी electronic ecosystem मार्फत आउँछ।

Data centre को संख्या बढ्दै जाँदा server, networking equipment, power electronics र cooling systems को माग बढ्छ। प्रत्येक उपकरणभित्र electronic components हुन्छन्। electronic components बढेपछि solder को माग पनि बढ्छ। त्यसपछि टीनको माग स्वतः बढ्छ । 

टिन सुन चाँदीको विकल्प होइन, तर बजार यसकारण विगार्न सक्छ  

टिनलाई सुन वा तामाको विकल्पका रूपमा हेर्नु पनि सही होइन। तर टिनको supply chain मा ठूलो अवरोध आयो भने electronics महँगो हुन सक्छ, AI infrastructure को लागत बढ्न सक्छ, EV उत्पादन लागत बढ्न सक्छ, semiconductor supply chain प्रभावित हुन सक्छ, र अन्ततः विश्वव्यापी manufacturing inflation बढ्न सक्छ।

अर्थात् टिनको बजार बिग्रियो भने त्यसले अरू बजारको लागत संरचना बिगार्न सक्छ। यही कारण अमेरिकाले टिनलाई critical mineral को रूपमा वर्गीकरण गरेको हो। २०२६ मा AI  का कारण टिनको माग बढ्ने अपेक्षाले बजार बढेको छ।  

 टिनको अर्को ठूलो शक्ति : विद्युतिय फोहोर

टिनको भविष्य खानीमा मात्र निर्भर छैन । International Tin Association का अनुसार २०२३ मा विश्व टिन प्रयोगमा recycled material को हिस्सा करिब ३४.२ प्रतिशत थियो । २०२४ मा यो करिब ३५.४ प्रतिशत पुग्ने अनुमान गरिएको थियो । यसले भविष्यको एउटा नयाँ उद्योग देखाउँछ—शहरी खनिज । अर्थात् भविष्यमा टिन पहाडको खानीबाट मात्र होइन, शहरको विद्युतिय फोहोरबाट पनि निकालिनेछ।

पुराना computer, mobile phone, circuit board, industrial electronics र अन्य electronic waste मा रहेको टिन पुनःप्रयोग गर्न सकिन्छ।

यस क्षेत्रमा नेपालका लागि पनि अवसर छ। टिनको विश्व बजारमा नेपाल अहिले खेलाडी होइन। तर नेपालसँग सम्भावना भने छैन भन्न पनि मिल्दैन। नेपालमा टिन धातुको मुख्य खनिज क्यासिटेराइट डडेल्धुराको मेद्दी र गनेरा तथा मकवानपुरको माण्डुखोला क्षेत्रमा सामान्य रूपमा अभिलेख गरिएको छ। तर, नेपालमा व्यावसायिक वा आर्थिक रूपले लाभ लिन सकिने ठूलो परिमाणको टिनको खानी हालसम्म फेला परेको छैन। त्यसैले नेपालमा टिन खानी भन्दा विद्युतिय फोहोरहरुबाट जम्मा हुने टिन नै मुख्य स्रोत हुने देखिन्छ ।

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।