विद्युतीय ऊर्जाको प्रयोग बढाउन पोखरा महानगरको प्रोत्साहन अभियान

Aug 18, 2026 09:05 AM RSS



पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ प्रोत्साहन अभियान सुरु गरेको छ।  बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि महानगरले विद्युतीय चुल्होलाई विकल्पका रूपमा अघि सारेको हो।

पोखरा–२२ पुम्दीभुम्दीका २०० परिवारलाई सोमबार विद्युतीय चुल्हो वितरण गर्दै महानगरले विद्युतीय ऊर्जाको प्रयोग बढाउने अभियान सुरुआत गरेको हो। 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो। स्थानीयलाई  चार हजार २०० मूल्य पर्ने चुल्हो प्रदान गरिएको हो। वडा-२२ का कालाबाङ, भुम्दीलगायत पाँच वटा टोलका परिवारलाई पहिलो चरणमा चुल्हो उपलब्ध गराइएको वडाध्यक्ष हिमलाल बरालले बताए। वडाभित्र करिब दुई हजारभन्दा बढी चुल्हो वितरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

कार्यक्रमको शुभारम्भ गर्दै महानगर प्रमुख धनराज आचार्यले ग्यासको अभावका कारण खाना पकाउन समस्या हुन थालेको अवस्थामा विद्युतीय चुल्हो विकल्पका रूपमा उपयोगी हुने बताए।  खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउँदै लैजानसके ग्यासमा हुने परनिर्भरता घटाउनुका साथै स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन सकिने प्रमुख आचार्यले उल्लेख गरे। “खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउनसके एलपिजी ग्यासमाथिको परनिर्भरता घटाउन सकिन्छ। यसबाट स्वदेशमै उत्पादन भएको विद्युत्को खपत वृद्धि हुन्छ भने उपभोक्तालाई सस्तो पर्छ,” उनले भने।

महानगरको नगर ऊर्जा योजनाअनुसार खाना पकाउन प्रयोग हुने इन्धनमध्ये एलपिजीको हिस्सा ८४ दशमलव २५ प्रतिशत छ। काठ दाउराको १०.२०, बायोग्यासको ५.२५ र विद्युत्को हिस्सा ०.२३ प्रतिशत मात्रै रहेको छ। पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर ऊर्जा योजनाले सन् २०२९ सम्म महानगरभित्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।