२६०० को मनोवैज्ञानिक टेवा परीक्षणमा नेप्से

Aug 24, 2026 03:08 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले २६०० को मनोवैज्ञानिक टेवा विन्दु परीक्षण गरेको छ। यस दिन कारोबार अवधिमा नेप्से सो विन्दुभन्दा सामान्य अंक तल झरेपनि अन्तिम समयमा सोही विन्दु नजिक बन्द भएको छ।

सोमबार नेप्से परिसूचक १९.१३ अंक घटेर २५९९.५८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ५३ हजार १५३ पटकको कारोबारमा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँबराबरको ८५ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सर्वोत्तम पेन्ट्सको शेयर निरन्तर आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११९ रुपैयाँ ६० पैसा बढेर ९१७ रुपयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १२ प्रतिशत बढेको छ भने सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ७२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको करिब १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने साहस उर्जाको कारोबार रकम साढे १० करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१९ प्रतिशत घटेको छ। त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।