रसुवा बाढीपीडितका लागि नासा सेक्युरिटिजले ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गर्‍यो

Aug 27, 2026 04:19 PM Merolagani



रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नासा सेक्युरिटिजले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ।

बाढीपीडितका लागि सरकारले आर्थिक सहयोग आह्वान गरिरहेका बेला नासा सेक्युरिटिजले आफ्नो तर्फबाट ५० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। यससँगै रसुवा बाढीपछि राहत तथा उद्धारका लागि सरकारी कोषमा सहयोग गर्ने निजी क्षेत्रका संस्थाको सूचीमा नासा सेक्युरिटिज पनि थपिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालका अनुसार प्रधानमन्त्री राहत कोषमा यसअघि करिब ११ करोड रुपैयाँ मौज्दात थियो। यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब २ अर्ब ५ करोड रुपैयाँ मौज्दात रहेको थियो। यी रकम बाढीपछि हालै जम्मा भएका भने होइनन्।

सरकारले बाढीपछि प्राप्त नयाँ सहयोगको रकम छुट्टै हिसाब गर्ने प्रक्रिया अघि बढाइरहेको छ। विभिन्न बैंकमा रकम जम्मा हुने भएकाले बैंकहरूसँग समन्वय गरेर कति नयाँ रकम प्राप्त भयो भन्ने नियमित विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रवक्ता अर्यालले बताएका छन्।

यसअघि विभिन्न बैंक, व्यवसायिक समूह, संस्था तथा राजनीतिक दलले पनि रसुवा बाढीपीडितका लागि सहयोग घोषणा गरेका छन्। सरकारले भने सबै सहयोग आधिकारिक सरकारी खातामार्फत गर्न आग्रह गरेको छ।

 




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।