नेपाल पर्यटन बोर्डले जारी गरेको विवरण अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका १२७ जना नेपाली नागरिकसहित कुल ६६७ जना पर्यटक तथा यात्रुहरू सम्पर्कविहीन (बेपत्ता) भएका छन्। प्रभावित क्षेत्रबाट हालसम्म ३१ जना विदेशी पर्यटकलाई सकुशल उद्धार गरिएको छ।
सम्पर्कविहीन हुन सक्ने पर्यटकहरूको खोजी तथा प्रमाणीकरणका लागि ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी, स्थानीय प्रशासन र सुरक्षाकर्मीबीच समन्वय भइरहेको छ।
कुनै पनि आपतकालीन सहयोगका लागि टोल-फ्री नम्बर १२३४, हटलाइन ११४४ वा पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिनेछ। पर्यटकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको बोर्डले जनाएको छ।
