तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीद्वारा सतर्क रहन आग्रह

Aug 28, 2026 12:57 PM Merolagani



तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले सतर्क रहन आग्रह गरेको छ। प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म सबैलाई तत्काल सतर्क रहन आग्रह गरेको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको बताएका छन्।

प्रजिअ परियारले अनलाइनखबरसँग भने, “थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ। नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ।”

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको बताइएको छ। छोचेन खोला र पुरेपू त्साङ्पो नदी त्रिशूली नदी प्रणालीअन्तर्गतका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन्।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।