त्रिशूलीमा फेरि उर्लियो बाढी : धादिङ र गोरखा जोड्ने चरौँदीको झोलुङ्गे पुल बगायो

Aug 30, 2026 01:40 PM Merolagani



रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको सतह ह्वात्तै बढेपछि धादिङको चरौँदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको छ ।

आज बिहान त्रिशूली नदीमा आएको पानीको तीव्र बहावले धादिङको बेनीघाट रोराङ गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीले पुललाई चुँडालेर पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

गत बुधबार आएको ठूलो बाढीका बेला जोगिन सफल भएको यो पुल आज बिहानको बहावलाई भने थाम्न सकेन । रसुवास्थित भोटेकोशीमा पानीको बहाव बढेसँगै त्यसको प्रत्यक्ष असर तल्लो तटीय क्षेत्रको त्रिशूली नदीमा परेको हो ।

पुल बगेसँगै धादिङ र गोरखाका दुई गाउँपालिकाबीचको सिधा पदमार्ग सम्पर्क विच्छेद भएको छ । 

नदीको सतह अझै बढ्ने जोखिम रहेकाले जिल्ला प्रशासन र प्रहरीले त्रिशूली नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।