बाढी प्रभावितलाई सघाउन फिनीद्वारा कोष संकलन

Aug 30, 2026 01:48 PM Merolagani



फेडेरेसन अफ इन्टरनेशनल युथ इन्टरप्रेन्योर्स (फिनी) ले भोटेकोशीका बाढी प्रभावितको सहयोगका लागि तीन दिने कोष संकलन अभियान सुरु गरेको छ।

संस्थाले आफ्ना अन्तर्राष्ट्रिय र क्षेत्रीय सदस्यहरूलाई आगामी आइतबारभित्र सहयोग रकम योगदान गर्न आग्रह गरेको छ। फिनीका महासचिव दुर्गा पी अमगाईका अनुसार चार लाख नेपाली रुपैयाँ सहयाेग गर्ने प्रतिबद्धता बमोजिम यो अभियान चलाइएको हो।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संस्थाले जनाएको छ। फिनीले यस अभियानमा पूर्ण पारदर्शिता अपनाइने र प्राप्त योगदानहरूको पूर्ण विवरण सार्वजनिक गरिने समेत जानकारी दिएको छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।