रसुवा बाढीपीडितको राहतका लागि नाइमाद्वारा ५० लाख रुपैयाँ सहयोग

Aug 30, 2026 02:16 PM merolagani



नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

एसोसिएसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो। बाढीका कारण पुगेको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नाइमाले मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले विपद्को यस कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको साझा दायित्व भएको बताइन्। उनले भनिन, ‘यस विपदमा सहयोग र सहकार्यका लागि हाम्रा सदस्य कम्पनीहरूले देखाएको तत्परता सराहनीय छ। सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सकिन्छ।’

नाइमाका सदस्य कम्पनीहरूले आर्थिक सहयोगका अतिरिक्त यातायात तथा लजिस्टिक क्षेत्रबाट पनि विभिन्न माध्यमबाट राहत कार्यमा योगदान पुर्‍याइरहेका छन्।

संस्थाले खोज, उद्धार तथा राहत कार्यमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको उच्च सम्मान गर्दै विपद्को यस घडीमा आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार सहयोगका लागि हातमालो गर्न सम्पूर्ण सरोकारवालाहरूलाई आग्रह समेत गरेको छ।

रसुवा र नुवाकोट क्षेत्रमा बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएको र सयौँ मजदुरहरू अझै सम्पर्कविहीन रहेको अवस्थामा निजी क्षेत्रबाट आएको यो सहयोगलाई निकै महत्त्वका साथ हेरिएको छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।