त्रिशूली–३ बी सुरुङभित्र प्रवेश गरी उद्धार गर्ने तयारी

Aug 30, 2026 02:31 PM Merolagani



त्रिशूली–३ बी जलविद्युत आयोजनाको सुरुङमा बाढी र पहिरोका कारण फसेकाहरूको उद्धार हुँदैछ। उद्धार टोलीले सुरुङको फ्रन्ट फेसमा ४ वटा प्वाल ड्रिलिङ गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेसँगै अब सुरुङभित्रै प्रवेश गरेर खोज तथा उद्धार कार्य अघि बढेको हो।

आज बिहानैदेखि आयोजनास्थलमा नेपाली सेनासहितको विशेष प्राविधिक टोली परिचालन गरिएको थियो । आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रतिनिधि तथा साइट इन्जिनियरहरूको प्रत्यक्ष सहभागितामा उद्धार कार्यलाई तीव्रता दिइएको हो।

घटनास्थल पुगेको नेपाली सेना र प्राविधिकहरूको टोलीले आयोजनास्थलको वर्तमान भौगोलिक र प्राविधिक अवस्थाको सुक्ष्म निरीक्षण गरेको छ। सुरुङभित्रको अवस्था जोखिमपूर्ण हुनसक्ने आकलन गर्दै सुरक्षाका सम्पूर्ण उपायहरू अपनाएर मात्र भित्र पस्ने तयारी भएको हो।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।