त्रिशूली–३ ‘ए’ को मुख्य सुरुङमार्ग फेलाः क्राउन’ फुटाएर उद्धार टोली पठाउने तयारी

Aug 30, 2026 03:53 PM merolagani



बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारी तथा मजदुरहरूको उद्धारका लागि प्रयासलाई थप तीव्रता दिइएको छ।

उद्धार टोलीले अहिले आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ।

उद्धार कार्यका लागि नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ। सुरुङको प्रवेशद्वारमा रहेका भौतिक संरचना र अवरोधहरू हटाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।

एक्साभेटरको प्रयोग गरी ‘क्राउन’ फुटाइँदै

उद्धार टोलीले सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’ फेला पारेको छ। अहिले एक्साभेटरको प्रयोग गरेर उक्त क्राउनलाई फुटाउने र भित्र पस्ने बाटो खुलाउने कार्य भइरहेको छ। सुरुङभित्र सुरक्षित रूपमा प्रवेश गर्ने अवस्था सिर्जना हुनासाथ उद्धारकर्ताहरूलाई भित्र पठाइने तयारी गरिएको छ।

 

यसअघि रसुवा र नुवाकोटका विभिन्न आयोजनाका सुरुङमा सयौँ मजदुरहरू फसेको र सम्पर्कविहीन भएको खबरले त्रास फैलाएको थियो। त्रिशूली–३ ‘ए’ मा भइरहेको यो पछिल्लो प्रगतिले सुरुङभित्र रहेकाहरूको अवस्था पत्ता लगाउन र उनीहरूको उद्धार गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।

उद्धार टोलीले युद्धस्तरमा काम गरिरहेको र मौसमले साथ दिएमा छिट्टै सुरुङभित्रको वास्तविक अवस्था पत्ता लाग्ने सुरक्षा स्रोतले जनाएको छ। थप विवरणहरू आउन बाँकी छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।