नेपाली कांग्रेस महाधिवेशन: केन्द्रीय निर्वाचन समितिद्वारा उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक

Oct 07, 2026 07:21 AM Merolagani



नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदहरूका लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको छ।

सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र विभिन्न समावेशी कोटातर्फका केन्द्रीय सदस्य पदका लागि परेका मनोयन दर्ताका आधारमा नामावली प्रकाशन गरिएको हो। निर्वाचन समितिका अनुसार सभापति पदका लागि शीर्ष नेताहरूसहित अन्य प्रतिस्पर्धीहरूले उम्मेदवारी दर्ता गराएका छन्।

प्रारम्भिक सूची प्रकाशन गरेसँगै उम्मेदवारहरूमाथि दाबी-विरोध, छानबिन र उम्मेदवारी फिर्ताका लागि निश्चित समय निर्धारण गरिएको छ। तोकिएको समयसीमाभित्र पर्ने दाबी-विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरेपछि मात्र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू उत्साहजनक रूपमा निर्वाचन प्रक्रियामा सहभागी भइरहेका छन्। अन्तिम नामावली प्रकाशन भएलगत्तै मतदानको प्रक्रिया अगाडि बढाइनेछ।

 





चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।