ग्लोबल आइएमई र एक्सेलको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 19, 2017 merolagani



ग्लोबल आइएमई बैंक (GBIME) को १५.७६ प्रतिशत तथा एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को २५ प्रतिशत बोनस सुरक्षित गर्ने आईतबार अन्तिम दिन हो । दुबैं बैंकले चैत ७ गते अर्थात भोली सेयरधनी किताब बन्द गर्ने भएकाले आजसम्म सेयर किनेर बैंकका सेयरधनी भएका लगानीकर्ताले बोनस प्राप्त गर्न र साधारणसभामा सहभागि हुने अवसर प्राप्त गर्न सक्नेछन् ।

प्यासिफिक डेभलपमेन्टलाई गाभेर फागुन एक गतेदेखि एकिकृत कारोबार थालेको ग्लोबल आइएमई  रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने प्रकृयामा रहेको छ । बैंकले चैत २१ गते सोमबार कम्पनीको १० औं बार्षिक साधारण सभा बोलाएको छ ।

रिलायबलको हकप्रद खारेज, ग्लोबल आईएमईमा विलय हुने

ग्लोबल आईएमई बैंकले झण्डै १६ प्रतिशत बोनस दिने

ग्लोबलले साधारणसभामा बोनसका साथै २०७२/७३ को नाफा नोक्सान सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने, मर्जर तथा एक्वीजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ । सात अर्ब १५ करोड पाँच लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९० करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

यता एक्सेल डेभलपमेन्ट बैंकले चैत १९ गते शनिबार एघारौं औ बार्षिक साधारणसभा गर्देछ । सभामा २५ प्रतिशत बोनसका साथै २०७२/७३ को नाफा नोक्सान सहितको वित्तीय विवरण स्वीकृत गर्ने, बोनसपछि कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद स्वीकृत गने, र मर्जर तथा एक्वीजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव गरेको छ ।

३० करोड ७७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एक्सेलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ४८ रुपैयाँ कायम गरेको छ ।

एक्सेलले चैत्र १९ गते गर्ने साधारणसभामा के लैजादै छ प्रस्ताव ?

एक्सेल र काँक्रेविकार विकास बैंकले दोस्रो त्रैमासमा यस्तो गरे प्रगति




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।