ग्रामीण विकास बैंकको एफपीओ कति पर्न सक्छ ? हेर्नुहाेस् मेरोलगानी विश्लेषण

Sep 17, 2017 merolagani



नेपाल ग्रामीण विकास बैंक (NGBBL) को एफपीओमा दुई लाख ५० हजार बढी आवेदकले दुई अर्ब ६० करोड रुपैयाँ बराबर रकमको २ करोड ७० लाख कित्ता एफपिओ माग भएको बिक्री प्रबन्धकले जनाएको छ । निष्काशित धितोपत्रको तुलनामा २७.६९ गुणा धेरै कित्ता माग आवेदन भएको हाे ।

बैंकको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार २ वटा बैंकबाट संकलन भएको एफपिओको आवेदनको तथ्याङ्क समावेश गरिएको छैन । ती दुई बैंकबाट अन्तिम विवरण प्राप्त हुँदा आवेदकको संख्या अझ बढ्ने छ । 

ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि ३० गतेसम्म एक सय रुपैयाँ अंकित दरका ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गरेको हो । अहिले प्राप्त भएको प्रारम्भिक तथ्याङ्क अनुसार नै दुई लाख ५० हजार आवेदकले २ करोड ७० लाख कित्ता सेयर माग गरेका छन् । एफपिओमा ५० कित्तादेखि ४८७० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको थियो ।

धितोपत्र बोर्डले गत जेठदेखि लागू गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार नै एफपिओ बाँडफाँड हुनेछ । यस आधारमा बाँडफाँड गर्दा कति कित्ता आवेदन गरे भन्दा पनि कति जना आवेदकले  एफपिओ माग गरे भन्ने कुराले महत्व पाउँछ । अधिकतम कित्ता माग गर्ने आवेदक र ५० कित्ता माग गर्ने अावेदकले पाउने भनेको गाेला प्रथाबाट १० कित्ता नै हो । एफपिओ अत्याधिक माग भएपछि १० कित्ता सेयर पनि गाेला प्रथाबाट वितरण हुने भएकाे हाे ।

प्रत्येक आवेदकलाई १० कित्ता बाँडफाँड हुने नयाँ निर्देशिका अनुसार बाँडफाँड गर्दा ९७ हजार पाँच सय जना आवेदकले पनि गोलाप्रथाबाट मात्रै १० कित्ता एफपिओ हात पार्नेछन् । प्रारम्भिक तथ्याङ्क अनुसार हेर्ने हो भने पनि एक लाख ५२ हजार पाँच सय जना आवेदकको हात  रित्तो हुने देखिन्छ ।

यस आधारमा एफपिओमा आवेदन गरेका साढे २ जना (२.५६४) मध्ये एक जनाले मात्र एफपिओ प्राप्त गर्ने देखिन्छ । अन्तिम तथ्याङ्क आएपछि बढेको आवेदक संख्या अनुसार एफपिओ पर्ने सम्भावना अझ कम हुनेछ र आवेदकले एफीओका लागि भाग्यमै भर पर्नुपर्ने देखिन्छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।