नेपाल टेलिकम धरहरा पुनःनिर्माणबाट पछि हट्यो

Sep 22, 2017 rss



नेपाल टेलिकम (NTC) ले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र लेखी धरहरा पुनःनिर्माण गर्न नसक्ने जनाएको छ ।

कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको विकल्प/डिजाइन सरकारद्वारा स्वीकृत नहुनु एवं स्थानीय बासिन्दाको परम्परागत रीतिरिवाजलाई देखाउँदै टेलिकम धरहरा पुनःनिर्माणबाटपछि हटेको पत्रमा उल्लेख गरिएको प्राधिकरणले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट धरहरा क्षतिग्रस्त बनेको थियो ।

टेलिकमले काठमाडौँं÷ललितपुर÷भक्तपुर दरबार स्क्वाएर, स्वयम्भूनाथ परिसरमा क्षति भएका सम्पदा, मनकामना मन्दिर, भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय पुनःनिर्माण कार्यका लागि आगामी तीन वर्षभित्र रु एक अर्ब योगदान दिने प्रतिबद्धता भने कायमै रहेको पत्रमा उल्लेख गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

“यसअघि प्राधिकरणले बोलाएको बैठकमा टेलिकमले धरहरा पुनःनिर्माणका लागि लागत बढी लाग्ने देखिएको भन्दै आन्तरिक छलफल गरी जवाफ दिने बताएको थियो, दुई साता भन्दा बढी समय बित्दा समेत टेलिकमले जवाफ नपठाएपछि प्राधिकरणले पाँच दिनभित्र धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी पेश गर्न पत्राचार गरेको थियो”–उनले भने ।

टेलिकमको लिखित जानकारी आएकाले सरोकारवाला निकायसँग छलफल एवं समन्वय गरी धरहरा पुनःनिर्माणबारे थप निर्णय गरिने प्रवक्ता भुसालले जानकारी दिए ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।