नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस

Jan 04, 2019 Merolagani



सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरेको छ। मन्त्रालयका सचिव एवं नेपाल टेलिकमका अध्यक्ष महेन्द्र मान गुरुङ सँयोजकत्वको समितिले डिल्ली अधिकारी, सङ्गीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको हो ।

सिफारिस भएका तीनै जना नेपाल टेलिकमसम्बद्ध व्यक्ति हुन भने उनीहरूसंग व्यवस्थापकिय पदमा रहेर काम गरेको अनुभव छ ।

साेमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस तीन मध्ये एकलार्इ टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्नेछ । 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।