आइतबार दिउँसाे देखि यस कारण लागेन नेपाल टेलिकमको मोबाइलमा फोन

Dec 02, 2018 Merolagani



नेपाल टेलिकम (NTC) को जीएसएम प्रिपेड र पोस्पेड मोबाईल फोनमा आइतबार दिउँसो देखि देखिएको समस्या अझै समाधान हुन सकेको छैन। काठमाडौं उपत्याकामा आइतबार जीएसएम प्रिपेड तथा पोस्पेड सीम प्रयोगकर्ता फोन नलाग्ने समस्याका कारण हैरान छन् ।

पैसा नसकिए पनि पैसा सकिएको जानकारी आउने, फोन डायल गरेपछि कुनै प्रतिक्रिया नआउने जस्ता समस्या उपत्याकाभरका मोबाइल प्रयोगकर्तामा देखिएको छ । 

आइतबार दिउँसाे देखि मोबार्इलमा देखिएको समस्या अहिले पनि समाधान भएको छैन। नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयका अनुसार टेलिकमको रुटमा समस्या आएका कारण फोन सेवा प्रभावित भएको हो ।

मोबाइल फोनमा कल पूर्ण नहुने समस्या समाधानका लागि टेलिकमका इन्जिनियरहरु लागि परेको निर्देशनालयले जनाएको छ ।

अहिले रुट सहजताका लागि काम भएको र निश्चित क्षेत्रमा ट्राफिक चाप बढेको भन्दै टेलिकमले छिट्टै समस्या समाधान हुने मेरोलगानीलाई जानकारी दियो ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।