टेलिकमको नाफा १५.२५ प्रतिशतले घट्यो, जगेडाकोषमा ९० अर्ब

Feb 12, 2019 Merolagani



नेपाल दुरसञ्चार कम्पनी (NTC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ अर्ब ३४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको तुलनामा कम्पनीको खुद नाफा एक अर्ब १४ करोड १३ लाख रुपैयाँ अर्थात १५.२५ प्रतिशतले घटेको हो ।

गतवर्षको दोस्रो त्रैमासमा नेपाल दुरसञ्चारले ७ अर्ब ४८ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सेवा बिक्री बापतको आम्दानी घटेपछि नाफा घटेको देखिन्छ । यस त्रैमासमा कम्पनीले १८ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ सेवा बिक्रीमार्फत आम्दानी गरेको छ । यो गतवर्षको तुलनामा एक अर्ब २६ करोड २२ लाख कम हो । गतवर्ष कम्पनीले १९ अर्ब ७० करोड ६४ लाख रुपैयाँ सेवा बिक्रीबाट आम्दानी गरेको थियो ।

कम्पनीले यस अवधिमा २१ अर्ब ७१ करोड २४ लाख रुपैयाँ कूल आम्दानी गरेको छ । गतवर्ष कम्पनीले २२ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्ममा कम्पनीले १२ अर्ब ६० करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ । गतवर्षको तुलनामा २६ करोड ६४ लाख रुपैयाँले खर्च बढेको छ । गतवर्षको यसै अवधिमा कम्पनीले १२ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ खर्च गरेको थियो ।

चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९० अर्ब ९९ करोड ९९ लाख रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको आम्दानीमा गिरावट आउँदा प्रति शेयर आम्दानी १५ रुपैयाँ २२ पैसाले घटेको देखिन्छ । कम्पनीको प्रति शेयर आम्दानी ८४ रुपैयाँ ५५ पैसा छ । गतबर्ष कम्पनीको प्रतिसेयर आम्दानी ९९ रुपैयाँ ७७ पैसा थियो । कम्पनीको प्रति शेयर नेटवर्थ ७०६ रुपैयाँ ६७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ८.७५ गुणा बढी छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।