सेयर बजारको सबैभन्दा बलियो कम्पनीको यस्तो आयो प्रगति विवरण

Nov 17, 2017 merolagani



सेयरबजारमा सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा बलियो पूँजीआधार भएको नेपाल टेलिकम (NTC) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा भने नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गतबर्षको यसैअवधिको तुलनामा टेलिकमको नाफा ९ करोडले घटेको हो ।



सबैभन्दा धेरै १५ अर्ब रुपैयाँ चुक्तापूँजी भएको टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ४ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ । जून गतबर्षको यसैअवधिको तुलनामा ९ करोड कम हो । गत आवको सोही अवधिमा टेलिकमले ४ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा टेलिकमले ११ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गतबर्षको यही अवधिको तुलनामा ४७ करोड बढी हो । गत आवको सोही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानी बढेपनि प्रशासनिक लगायतका अन्य खर्चहरु बढेपछि नाफामा कमी आएको हो । कम्पनीमा सरकारको ९१.४९ प्रतिशत, ४.४४ प्रतिशत सर्वसाधारण, ४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानीकोषको सेयर स्वामित्व रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६.२४ गुणा छ । कम्पनीको जगेडा कोषमा ८१ अर्ब रुपैयाँ छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।