एनसीसीको नयाँ शाखा सूर्यविनायकमा

Sep 22, 2017 merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले शुक्रवारदेखि भक्तपुर सूर्यविनायकमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका हुन् ।

शाखा उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले सूर्यविनायकमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यापार व्यवसायमा टेवा पु¥याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी दिए । 

शखा उद्घाटन समारोहमा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष के.पि. अवाल तथा अतिथि भक्तपुर नगरपालिका, वडा नं. ४ का वडा अध्यक्ष कुमार चौवालले एनसीसी बैंकको शाखा सूर्यविनायकमा संचालन भएकोले यहाँका व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग पुग्ने धारणा राखे ।

बैंक संचालक समितिका सदस्य तथा अन्य आमन्त्रित उद्यमी, व्यवसायी तथा बैंकका पदाधिकारीहरुको उपस्थितिमा उक्त शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकले आश्विन ८ गते आइतवार काठमाण्डौं महानगरपालिका, वडा नं. ६ रामहिटी, सिमलटारमा अर्को शाखा खोल्ने कार्यक्रम रहेको बैंकले जानाएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।