औद्योगिक करिडोरका जुट उद्योग बन्द हुँदा पाँच हजार मजदुर बेरोजगार

Oct 06, 2017 rss



मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् ।

विराटनगर जुट मिल्स, नरेश राठीको गुह्येश्वरी जुट मिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग बन्द भएको नेपाल जुट मिल्स एशोसिएशनका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिए ।

सरकारले उद्योग प्रवर्धनमा प्रोत्साहन नगर्दा सुनसरी–मोरङमा सञ्चालित जुट उद्योग धरासायी बन्दै गएको जुट उद्योगीले गुनासो गरेका छन् । भारतबाट कच्चा पदार्थ आयात गरेर नेपाल आइपुग्दा झण्डै दोब्बर लागत खर्च पर्न जान्छ । त्यसकारण जुट उद्योग धरासायी बन्दै गएको हो ।

अध्यक्ष गोल्छाले बिजुली अभाव, सरकारीस्तरबाट सहयोग नहुँदा पनि जुट उद्योग बन्द गर्नुपरेको बताए । उनका अनुसार जुट बन्द हुँदा चार हजार ५०० देखि पाँच हजार मजदुर र कर्मचारी बेरोजगार हुनुका साथै
करोडौँ रूपैयाँ बराबरको प्रत्यक्ष नोक्सानी भएको छ ।

जुट मिल बन्द हुनुको मुख्य कारण विद्युत्भार कटौती, पर्याप्त मजदुर नभेटिनु, बन्द, हडताल, चक्काजाम र उत्पादित सामानको बिक्रीभन्दा ढुवानी खर्च बढी पर्नुलगायतका समस्या रहेको जुट उद्योगीको भनाइ छ ।

बजार व्यवस्थापन तथा आन्तरिक समस्या समाधानमा सरकार गम्भीर नभएकाले घाटामा उद्योग चलाउँदै आएको मोरङ व्यापार संघका उपाध्यक्ष तथा बाबा जुट उद्योगका सञ्चालक प्रकाश मुन्दडा बताउछन् । देशकै जेठो तथा पुरानो जुटमिल विराटनगर जुटमिल तीन वर्षदेखि बन्द छ ।

पटक–पटक बन्द हुँदै खुल्दै आएको सो जुटमिल पछिल्लोपटक भारतीय कम्पनी विमसम इन्टर नेशनललाई सरकारबाट २५ वर्षका लागि भाडामा दिइएको थियो । सो मिललाई ११ केभिए प्रसारण लाइन सरकारले उपलब्ध नगरेपछि उत्पादन बन्द गरिएको विराटनगर जुटमिलका पूर्व सञ्चालक मुकुन्द नेपालले बताए ।

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................




comments powered by Disqus

रविसँगै जेल जाने १४ जना काे काे हुन् ?

Oct 18, 2024 06:03 PM

सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।