नयाँ स्टक एक्सचेञ्ज आउला ? अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई खोलिदियो बाटो

Feb 07, 2018 Merolagani

नयाँ स्टक एक्सचेञ्ज खोल्ने सम्बन्धमा आफैं निर्णय गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई बाटो खोलिदिएको छ । मन्त्रालयले प्रचलित कानुनी व्यवस्था अनुसार आफैं आवश्यक निर्णय गर्न धितोपत्र बोर्डलाई आग्रह गरेको हो । योसँगै अब नयाँ स्टक एक्सचेञ्ज खोल्नका लागि धितोपत्र बोर्डलाई बाटो खुल्ला भएको छ ।

यद्यपी बोर्डले अझै पनि नयाँ स्टक एक्सचेञ्ज ल्याउन दिने कि नदिने भन्ने निर्णय गरिसकेको छैन । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेसँगै यो विषय एकाएक चर्चामा आएको थियो । बोर्डलेगत कात्तिकमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न स्वीकृति माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

बोर्डको उक्त प्रस्तावमा आफैं निर्णय गर्नका लागि अर्थले बाटो खुल्ला गरेको अर्थमन्त्रालय स्रोतले मेरोलगानीलाई जानकारी दियो । स्रोतले मेरोलगानीसँगको कुराकानीमा भन्यो, ‘धितोपत्र सम्बन्धि सबै निर्णय गर्ने व्यवस्था ऐनमा उल्लेख भैसकेको छ । सोही व्यवस्था अनुसार निर्णयमा गर्न मन्त्रालयले बोर्डसँग आग्रह गरेको हो ।’

धितोपत्र सम्बन्धि ऐन २०६३ ले पूँजी बजारका सम्बन्धमा निर्णय गर्ने व्यवस्था गरेको छ ।

धितोपत्र बोर्डले भने सञ्चालक समितिको बैठकबाट थप निर्णय गर्ने बताएको छ । बोर्डका सहायक प्रवक्ता निरञ्जन घिमिरेले मेरोलगानीसँग भने, ‘मन्त्रालयबाट जवाफ आए पछि नयाँ स्टक खोल्ने सम्बन्धमा बोर्डले अर्को निर्णय गर्नेछ ।’

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।