सञ्चालक समितिसँगको सम्बन्ध सुदृढ हुन नसकेका कारण रिसालले बैंकबाट बाहिरिने निर्णय गरेका हुन् । बैंकले रिसाललाई २ वर्षका लागि अनुबन्ध गरेको थियो । ४ वर्षसम्म उनले कार्यकाल चलाउन पाउने भए पनि उनको २ वर्षे कार्यकाललाई ४ वर्षे बनाउन बैंक सञ्चालक समिति तयार भएन । जसका कारण उनले २ वर्षे कार्यकाल सकिनुभन्दा २ महिना पहिले नै राजिनामा दिएका हुन् ।
बैक सञ्चालक समिति र रिसालका योजना फरक बन्न थाले पछि सञ्चालक समितिले रिसालको ठाउँमा नयाँ विकल्प अघि सारेको थियो । आफ्नो कार्यकाल थप गर्ने सम्बन्धमा सञ्चालक समिति तयार नभए पछि रिसालले राजिनामा दिएका हुन् ।
प्रमुख कार्यकारी अधिकृत र बैंक सञ्चालक समितिका बिचमा कार्यगत अन्तरका कारण दूरी बढेको थियो । प्रमुख कार्यकारी अधिकृतहरुको संस्था बैंकर्स संघले केही समय अघि मात्र मुद्धतीको व्याजदर ११ र साधारण बचतको व्याजदर ८ प्रतिशतभन्दा माथि नलैजाने निर्णय गरेको थियो । त्यसै बखत एनआईसी एशियाले साधारण बचत १० प्रतिशतमा उकालेमा एकाएक ८ प्रतिशतमा फर्किएको थियो । यो निर्णयबाट बैंक सञ्चालक समिति र रिसालका बिचमा दुरी बढेको बताइन्छ ।
...[बैंकर्स संघको निर्णयसँगै बैंकहरुले घटाउन थाले व्याजदर]...
बिहीबार भने बैंकले संघको ११ प्रतिशत ननाघ्ने निर्णयलाई छाडेर १२ प्रतिशत व्याजदरको मुद्धती बचत खाता सञ्चालनमा ल्याएको छ । यही व्याजदरका विषयमा बढेको विवादका कारण रिसालले बुधबार नै बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई राजिनामा बुझाएका थिए । उनको राजिनामा लगत्तै बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको हो । रिसाल शुक्रबारदेखि विदामा बस्दै छन् ।
...[एनआईसी एशिया बैंकले ल्यायो नयाँ मुद्धती खाता, कति छ व्याजदर ?]...