यसरी सुरुवात भयो सेमी अनलाइन कारोबार प्रणाली (फोटोफिचर)

Apr 15, 2018 Merolagani



आइतबारबाट इन्टरनेट मार्फत सेयर खरिदबिक्री आदेश दिने प्रणाली (सेमी अनलाइन) को सुरुवात भएको छ । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले यो सेवाको सुरुवात ब्रोकर एसोसिएसनका अध्यक्षसमेत रहेका प्रियराज रेग्मीको ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजङ्गाबाट सुरुवात गरे ।

हेर्नुहोस् फोटोेफिचर

यस सेवा कार्यान्वयनमा आएसँगै लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट सेयर खरिद विक्रीको आदेश दिन सक्नेछन् भने ब्रोकर कार्यालयसम्म धाउनु व्यवस्था पनि सकिएको छ ।  यस्तो खरिद आदेश मोबाइल, एसएमएस र इमेलबाटै गर्न सकिनेछ भने किनबेचको विवरणसमेत हेर्न सकिनेछ ।

धितोपत्र बोर्डले २०७३ फागुन २६ गते पहिलो पटक ब्रोकरहरुलाई परिपत्र जारी गरेर अहिले प्रयोग भइरहेको ब्रोकर ब्याक अफिस सफ्टवेरमा इन्टरनेट मार्फत प्राप्त खरिद बिक्री आदेश दिने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो । गत शुक्रबार फेरी बैशाख २ गतेबाट कार्यान्वयनमा ल्याउन बोर्डले निर्देशन दिएपछि आइतबारबाट कार्यान्वयनमा ल्याइएको हो।

अहिलेसम्म टेलीफोनबाट खरिद अर्डर गर्न सकिएपनि खरिदविक्री आदेशका लागि ब्रोकर कार्यालयमा पुगेर फारम भर्नुपर्ने कानुनी व्यवस्था रहेको थियो । 

सेमी अनलाइनले पूर्ण अनलाइन प्रणालीलाई सहयोग गर्ने बोर्डको भनाई छ । 

 कार्यक्रममा नेप्सेका सिइओ चन्द्रसिंह साउद, सिडिएस एण्ड क्लियरिङ्गको सिइओ देव प्रकाश गुप्ता, एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मी र इन्भेष्टर्स फोरमको अध्यक्ष अम्बिका प्रसाद पौडेल सहभागी थिए ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।