कहिले आउला लगानीकतार्लले आफ्नै हातले क्लिक गरेर सेयर कारोबार गर्ने दिन ?

Aug 02, 2018 Merolagani



साउन १ गते देखि अनलार्इन प्रणाली मार्फत कारोबार गर्न तयार भएका सेयर बजारका लगानीकर्ता अझै डेढ महिना पर्खनु पर्ने भएको छ । नेप्से प्रमुख साउदले नेपाल पूँजी बजार लगानीकर्ता संघसँगको भेटमा युएटीले असोजको तेश्रो हप्ता आफ्नो परिक्षण पूरा गरेर आईएसओ सर्टिफाई भए पश्चात पूर्ण रुपमा अनलाइन कारोबार सुरु हुने बताएका छन् ।

यसले पुर्ण अनलाइन कारोबार प्रणाली केहि दिन पछाडि धकेलिएको उनको भनाई छ । साथै असारमा नेप्सेमा कार्यकारी पदमा भएको हेरफेरको कारणले अनलाईन प्रणालीमा केहि हप्ता पछाडि धकेलिएको बुझिएको छ ।

त्यसैगरी बिहीबार ५० वटै ब्रोकर कम्पनीका प्रतिनिधिहरुलाई श्रीलंका लगायतका देशहरुमा पठाएको नेप्सेले जनाएको छ । अन्तर्राष्ट्र्रिय मापदण्ड अनुरुप अनलाइन टेडिङ्गका बारेमा जानकारी गराउन ब्रोकर प्रतिनिधिहरुलाई ति मुलुकमा पठाइएको बताइएको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।