अनलाईन कारोबारको सुरुवातसँगै डिआईएसको झण्झट पनि सकिने

Jun 18, 2018 Merolagani



विदेशबाट पनि सेयर खरिद विक्री गर्न सकिने
अनलाईन कारोबार प्रणाली लागू भएसँगै अहिले सेयर किनेपछि चेक बुझाउन र सेयर बेचेपछि डेबिट इन्स्ट्क्शन स्लिप (डिआईएस) बुझाउन सेयर दलालकोमा धाउनुपर्ने झण्झट समाप्त हुने भएको छ । 

अनलाइनबाटै खरिदबिक्री र डिआईएस समेत दिन सकिने भएपछि विदेशमा रहेर पनि सेयर खरिद विक्री गर्नसक्ने अवस्था अाउने सिडिएससीले जनाएकाे छ ।

सेयर लगानीकर्ताले अहिलेसम्म सेयर खरिद बिक्री गर्दा सेयर दलालको कार्यालयमा गएर कागजी रूपमै डिआईएस बुझाउँदै आएका छन् । अनलाइन काराेबार र र्इ-डिअार्इएस प्रणाली आएपछि लगानीकर्ताको यो बाध्यता पनि अन्त्य हुनेछ ।

र्इ-डिआईएस (अभाैतिक रूपमा सेयर खरिद बिक्रीकाे राफसाफ गरिने प्रणाली)  को विकासमा जुटेकाे सिडीएससीले जति सक्दो छिटो काम सक्छ लगानीकर्ताले उति नै छिटो ब्रोकर कार्यालयमा लगेर डिआईएस बुझाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । 

सेयर खरिदविक्रीको राफसाफ गर्दे अाएकाे सिडीएस एण्ड क्लियरिङ्गका सूचना अधिकारी सुरेश न्यौपानेले र्इ-डिआईएस बुझाउन सक्ने प्रणालीको विकासमा आफुहरु लागिरहेको बताए । पूर्ण अनलाई प्रणालीको सुरुवात हुँदासम्म सिडिएससीले त्यसको निमार्ण गरिसक्ने उनको भनाई छ ।

नेप्सेबाट प्राप्त गरेको सफ्टवर मार्फत ब्रोकरले अनलाईन कारोबार गराउने  हुँदा सीडिएससीको हाल रहेकाे सिस्टममा भने कुनै परिबर्तन गर्नु नपर्ने न्यौपानेले बताउँछन् । उनले भने अनलाइन प्रणालीबाट कारोबार हुँदा पनि राफसाफको दृष्टिकोणबाट खासै ठूलो परिवर्तन गर्नुपर्देन । यसले कारोबार संख्या मात्र बढाउने हो, प्रकृयामा फरक पर्देन ।

यस प्रणालीमा अनलाइनबाट सेयर खरिद गर्दा लगानीकर्ताको बैंक खाता मौज्दात र डिम्याट खातामा सेयर भएमा कारोबार सम्भव हुनेछ । सेयर किनेमा बैंक खातमा रहेको पैसा स्वत घट्नेछ भने डिम्याट खातामा सेयर जम्मा हुनेछ । त्यसैगरी सेयर बिक्री गर्दा डिम्याट खाताको सेयर स्वत घटेर बैंक खातामा पैसा जम्मा हुनेछ । अहिले जस्ताे ब्राेकर कार्यालयमा गएर डिअार्इएस बुझाउनुपर्ने र सेयर खरिद बिक्रीकाे चेक भुक्त्तानी तथा संकलनका गर्नुपर्ने अवस्था रहन्न ।

विदेशबाट पनि काराेबार गर्न सकिने

सेयर दलालको कार्यालयमा डिआईएस बुझाउनुपर्ने अवस्था अन्त्यसँगै विदेशमा रहेका लगानीकर्ताले समेत काराेबार गर्न सक्नेछन् । सेयर दलाल कार्यालयबाट एकपटक अनलाइन प्रणालीको युजर नेम र पासवर्ड लिएपछि इन्टरनेटको माध्यमबाट सिधै विदेशमा बसेर नै सेयर किनबेच गर्न सक्नेछन् । पूर्ण अनलाइन कारोबार प्रणाली मोबाइलमा समेत चलाउन सकिने बताइएको छ ।

अनलाइन प्रणाली मार्फत सेयर कारोबार सुरुभएपछि बैदेशिक रोजगारीमा गएका व्यक्तिहरु पनि सेयर खरिद बिक्रीमा सहभागि हुनछन् जसले पूँजी बजारको विस्तारमा ठूलो भुमिका खेल्ने विश्वास लिइएकाे छ ।

अागामी अावबाट अनलार्इन काराेबार थाल्ने तयारी

नेप्सेले साउन १ गतेदेखि पूर्ण अनलाई कारोबार प्रणाली सुरुवात गर्नेगरि जेठ ३१ गतेदेखि पाँच ब्रोकर कम्पनीबाट परिक्षण रुपमा यसको सुरुवात गरिसकेको छ । यसमा आउने समस्यालाई निराकरण गर्दे साउनबाट अनलाईन कारोबार थालनी गर्ने उसको तयारी छ ।

अहिल परिक्षण गरिरहेको व्यवस्थाहरुमा अनलाइन प्रणालीका लागि आवश्यक कुरा थप गरेर पूर्ण अनलाईन कारोबार प्रणाली थालनी गर्ने तयारीमा ब्रोकर र नेप्से जुटिरहेका छन् । परिक्षणको अवस्थामा रहेको अनलाइन प्रणाली छिटै लागु हुने नेप्सेले बताएको छ भने ब्रोकरहरुले पनि अनलाइन प्रणाली मार्फत कारोबार गराउन आफूहरु तयारी गरिरहेको बताइरहेका छन् ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।