अनलाईन कारोबारको सुरुवातसँगै डिआईएसको झण्झट पनि सकिने

Jun 18, 2018 Merolagani

विदेशबाट पनि सेयर खरिद विक्री गर्न सकिने
अनलाईन कारोबार प्रणाली लागू भएसँगै अहिले सेयर किनेपछि चेक बुझाउन र सेयर बेचेपछि डेबिट इन्स्ट्क्शन स्लिप (डिआईएस) बुझाउन सेयर दलालकोमा धाउनुपर्ने झण्झट समाप्त हुने भएको छ । 

अनलाइनबाटै खरिदबिक्री र डिआईएस समेत दिन सकिने भएपछि विदेशमा रहेर पनि सेयर खरिद विक्री गर्नसक्ने अवस्था अाउने सिडिएससीले जनाएकाे छ ।

सेयर लगानीकर्ताले अहिलेसम्म सेयर खरिद बिक्री गर्दा सेयर दलालको कार्यालयमा गएर कागजी रूपमै डिआईएस बुझाउँदै आएका छन् । अनलाइन काराेबार र र्इ-डिअार्इएस प्रणाली आएपछि लगानीकर्ताको यो बाध्यता पनि अन्त्य हुनेछ ।

र्इ-डिआईएस (अभाैतिक रूपमा सेयर खरिद बिक्रीकाे राफसाफ गरिने प्रणाली)  को विकासमा जुटेकाे सिडीएससीले जति सक्दो छिटो काम सक्छ लगानीकर्ताले उति नै छिटो ब्रोकर कार्यालयमा लगेर डिआईएस बुझाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । 

सेयर खरिदविक्रीको राफसाफ गर्दे अाएकाे सिडीएस एण्ड क्लियरिङ्गका सूचना अधिकारी सुरेश न्यौपानेले र्इ-डिआईएस बुझाउन सक्ने प्रणालीको विकासमा आफुहरु लागिरहेको बताए । पूर्ण अनलाई प्रणालीको सुरुवात हुँदासम्म सिडिएससीले त्यसको निमार्ण गरिसक्ने उनको भनाई छ ।

नेप्सेबाट प्राप्त गरेको सफ्टवर मार्फत ब्रोकरले अनलाईन कारोबार गराउने  हुँदा सीडिएससीको हाल रहेकाे सिस्टममा भने कुनै परिबर्तन गर्नु नपर्ने न्यौपानेले बताउँछन् । उनले भने अनलाइन प्रणालीबाट कारोबार हुँदा पनि राफसाफको दृष्टिकोणबाट खासै ठूलो परिवर्तन गर्नुपर्देन । यसले कारोबार संख्या मात्र बढाउने हो, प्रकृयामा फरक पर्देन ।

यस प्रणालीमा अनलाइनबाट सेयर खरिद गर्दा लगानीकर्ताको बैंक खाता मौज्दात र डिम्याट खातामा सेयर भएमा कारोबार सम्भव हुनेछ । सेयर किनेमा बैंक खातमा रहेको पैसा स्वत घट्नेछ भने डिम्याट खातामा सेयर जम्मा हुनेछ । त्यसैगरी सेयर बिक्री गर्दा डिम्याट खाताको सेयर स्वत घटेर बैंक खातामा पैसा जम्मा हुनेछ । अहिले जस्ताे ब्राेकर कार्यालयमा गएर डिअार्इएस बुझाउनुपर्ने र सेयर खरिद बिक्रीकाे चेक भुक्त्तानी तथा संकलनका गर्नुपर्ने अवस्था रहन्न ।

विदेशबाट पनि काराेबार गर्न सकिने

सेयर दलालको कार्यालयमा डिआईएस बुझाउनुपर्ने अवस्था अन्त्यसँगै विदेशमा रहेका लगानीकर्ताले समेत काराेबार गर्न सक्नेछन् । सेयर दलाल कार्यालयबाट एकपटक अनलाइन प्रणालीको युजर नेम र पासवर्ड लिएपछि इन्टरनेटको माध्यमबाट सिधै विदेशमा बसेर नै सेयर किनबेच गर्न सक्नेछन् । पूर्ण अनलाइन कारोबार प्रणाली मोबाइलमा समेत चलाउन सकिने बताइएको छ ।

अनलाइन प्रणाली मार्फत सेयर कारोबार सुरुभएपछि बैदेशिक रोजगारीमा गएका व्यक्तिहरु पनि सेयर खरिद बिक्रीमा सहभागि हुनछन् जसले पूँजी बजारको विस्तारमा ठूलो भुमिका खेल्ने विश्वास लिइएकाे छ ।

अागामी अावबाट अनलार्इन काराेबार थाल्ने तयारी

नेप्सेले साउन १ गतेदेखि पूर्ण अनलाई कारोबार प्रणाली सुरुवात गर्नेगरि जेठ ३१ गतेदेखि पाँच ब्रोकर कम्पनीबाट परिक्षण रुपमा यसको सुरुवात गरिसकेको छ । यसमा आउने समस्यालाई निराकरण गर्दे साउनबाट अनलाईन कारोबार थालनी गर्ने उसको तयारी छ ।

अहिल परिक्षण गरिरहेको व्यवस्थाहरुमा अनलाइन प्रणालीका लागि आवश्यक कुरा थप गरेर पूर्ण अनलाईन कारोबार प्रणाली थालनी गर्ने तयारीमा ब्रोकर र नेप्से जुटिरहेका छन् । परिक्षणको अवस्थामा रहेको अनलाइन प्रणाली छिटै लागु हुने नेप्सेले बताएको छ भने ब्रोकरहरुले पनि अनलाइन प्रणाली मार्फत कारोबार गराउन आफूहरु तयारी गरिरहेको बताइरहेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।