नेप्से भन्छ - व्यापार गर्ने दलाल व्यवसायीले अनलाइन प्रणालीमा लगानी गर्नुपर्छ

Jun 14, 2018 Merolagani



बहुप्रतिक्षित अनलाइन कारोबार प्रणाली लगानीकर्ताको हातमा पुग्ने तरखरमा हुँदा यसको पुर्वाधार विकासमा लाग्ने खर्चका सम्बन्धमा चर्चा चुलिएको छ । सेयर दलालहरु अनलाइन प्रणालीका लागि हार्डवेयरमा लाग्ने खर्चका सम्बन्धमा अन्यौलमा छन् । यसै बिच नेपाल स्टक एक्स्चेञ्जले व्यापार गर्न लगानी गर्नु पर्ने बताएको हो ।

मेरोलगानीसँगको कुराकानीमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सेयर दलालहरुलाई अनलाइन कारोबार प्रणाली संचालनको लागि आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिइ सकिएको बताए । 'हाम्रो आइटि विभागले आवश्यक न्यूनतम सामानहरुको लिस्ट पठाएको छ । के कति लगानी पर्छ हामीलाई थाहा छैन । ५० वटै ब्रोकरले एकसाथ हार्डवेयर खरिद गर्दा केही कम खर्च होला' उनले भने ।

साउदले सेयर दलालहरुलाई समय समयमा पूर्वाधार निमार्णका लागि तयार रहन निर्देशन दिएको बताउदै नेप्सेले सफ्टवेयरको पैसा नलिने प्रष्ट पारे । तर हार्डवेयरमा लाख्ने खर्च दलाल व्यवसायी आफैंले लगानी गर्नु पर्ने उनको भनाई छ ।

'व्यापार गर्नेले लगानी पनि त गर्नु पर्यो नि, उहाँहरुको व्यापार गर्ने अनि भाँडो पनि हामीले नै किनीदिनु पर्ने ? लगानी गर्न सक्नेले गर्छन, नसक्नेले विस्तारै गर्छन ।' साउदले भने ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।