नेपाल बङ्गलादेश बैंकलाई पूँजीवृद्धिको भार थेक्न मुस्किल, खुद नाफा १४ प्रतिशतले घट्यो

Apr 27, 2018 Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) को खुद नाफा गत बर्षको तुलनामा चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा १४ प्रतिशतले घटको छ । बैंकले चुक्ता पूँजी ४६ प्रतिशतले बढाउँदा त्यसअनुसार अाम्दानी बढाउन नसकेपछि प्रतिसेयर आम्दानी २० रुपैयाँबाट ११ रुपैयाँ ७१ पैसामा झरेको छ ।

बैंकको खुद नाफा ११ करोड ७३ लाख रुपैयाँले कमि आएर ७१ करोड तीन लाख रुपैयाँमा सीमित भएको छ । गत बर्ष बैंकले ८२ करोड ७६ लाख रुपैया खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकले ४२ अर्ब ३६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने गत बर्ष बैंकले ४२ अर्ब ०७ करोड ५६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुबै १० प्रतिशत हाराहारीमा मात्र सुधार भएको छ । यद्यपी बैंकले खुद व्याज आम्दानीमा भने कर्जा प्रवाहको वृद्धिभन्दा धेरै प्रतिशतकाे वृद्धि देखिन्छ जुन खर्च धान्न प्रयाप्त देखिन्न । 

एकातिर बैंकको व्यवसाय विस्तार सुस्त छ भने व्याज आम्दानीभन्दा खर्चवृद्धिको अनुपात बढेपछि बैंकको खुद व्याज आम्दानीमा उल्लेख्य सुधार आउन सकेको छैन । बैंकले गैह्र सञ्चालन आम्दानी भन्दा खर्च गरेको छ । शूल्क कमिसनबाट हुने आय घटेको छ भने कर्जा नोक्सानी व्यवस्था बैंकको खुद आम्दानी घटाउने प्रमुख कारण देखिएका छन् ।

आठ अर्ब आठ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

बैंकले परिचालन गरेको कर्जा मध्येमा १.७७ प्रतिशतमा खराब कर्जा पुग्दा कर्जा नोक्सानी कोष १८ करोडबाट ३८ करोडमा बढेको छ । यसले सञ्चालन आम्दानी गत बर्षभन्दा ११ करोड ६५ लाख घटेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।