प्रगतिपथमा लम्कदै राष्ट्रिय बीमा संस्थान, पूँजीसँगै नाफामा उल्लेख्य बढोत्तरी

May 17, 2018 Merolagani

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान (RBS) ले चालु आर्थिक तेस्रो त्रैमासमा गतबर्षको यसै अवधिको तुलनामा भन्दा उल्लेखीय प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चुक्ता पूँजी भारी मात्रामा बढाएको कम्पनीले कमाई समेत बढाएको छ । साथै कम्पनीको बीमा शुल्क आर्जन समेत बढेको छ ।

संस्थानले चालु आर्थिक तेस्रो त्रैमाससम्ममा एक करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा १२२.७२ प्रतिशतले धेरै हो  ।गतवर्षको यसै अवधिमा कम्पनीले ६६ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

९३ लाखबाट १८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएकोे कम्पनीको जगेडा तथा कोषमा १६ करोेड ४७ लाख रुपैयाँ र जीवन बीमा कोषमा १४ अर्ब ३ करोड ९६ लाख रुपैयाँ राखेको छ । कम्पनीले जीवन बीमा कोष गतवर्षको सो अवधिको तुलनामा २५ प्रतिशतले बढाएको हो ।

समिक्षा अवधिमा कम्पनीले २ अर्ब ३३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा १७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ९९ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यसैगरी यस अवधिमा कम्पनीले २ अर्ब ६० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत बर्षको यसैअवधिमा २ अर्ब ९३ करोड दाबी भुक्तानी गरेको थियो । अझै कम्पनीले १७ करोड बढी दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक १० रुपैयाँ ८३ पैसा छ । कम्पनीको चुक्तापूँजी अत्याधिक मात्रामा बढाएकाले प्रतिसेयर आम्दानीमा भने सन्तुलन देखिएको छैन ।

comments powered by Disqus