आर्थिक र सामाजिक विकासका लागि जापानले ६८ करोड उपलब्ध गराउने

May 18, 2018 Rss



जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि रु ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो ।

आज अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव डा खनालले आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने बताए ।

जापानी राजदूत ओगवाले प्राकृतिक विपद्मा परेका नेपाली जनताको विकासमा सहायता रकमले मद्दत पुगोस् भन्ने चाहाना रहेको बताउनुभयो ।

जापान र नेपाल प्राकृतिक विपद्मा परिरहने मुलुक हुन् ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।