पुरानै विधिबाट लाभकर गणना गर्ने भएपछि सेयर कारोबार सुचारु

Jun 06, 2018 Merolagani



लाभकरको गणनाको बिषयमा विवादमा तत्कालका लागि पुरानै विधिबाट लाभकर गणना गर्ने निष्कर्षमा अर्थ मन्त्रालय पुगेपछि दुई घण्टा ३० मिनेटपछि कारोबार सुचारु भएको छ ।

आन्दोलनमा उत्रिएका लगानीकर्ताको संयुक्त सघर्ष समिति र अर्थ मन्त्रालयबिच बुधबार भएको दोस्रो चरणको छलफलपछि लाभकरको विषय टुङ्गिएपछि कारोबार खुलेको हो ।

मंगलबारै पुरै दिन कारोबार ठप्प पारेका लगानीकर्ताले बुधबार पनि दुई घण्टा ३० मिनेट कारोबार हुन सकेको थिएन । सरकारको बोनस र हकप्रदमा पूँजीगत लाभकर बढाएपछि  यसै बिषयलाई लिएर दुई तीन दिन देखि पूँजी बजारमा लगानीकर्ताले आन्दोलनरत थिए ।

 




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।