एनएमबि बैंकको एफपिओमा पौने दुई अर्बको आवेदन, सोमबारदेखि संस्थागत लगानीकर्तालाई पनि खुला हुने

Jun 17, 2018 Merolagani



एनएमबि बैंक (NMB) को थप सार्वजनिक निष्काशन (एफपिओ) मा आइतबार साढे पाँच बजेसम्म एक अर्ब ७५ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । विक्री प्रबन्धकले नागरिक लगानी कोषले दिएको जानकारी अनुसार ५२ हजार ३०० बढी आवेदकबाट ५२ लाख ५५ हजार कित्ता सेयर माग भएकाे छ ।

नागरिक लगानी कोषले एफपिओमा आइतबार तथाङ्क संकलनको क्रम जारी रहेकाले माथिको तथ्याङ्क अन्तिम नभएको समेत स्पष्ट पारेको छ । 

कोषले उपलब्ध गराएको तथ्याङ्क अनुसार निष्काशित एफपिओको ४६ प्रतिशत मात्र विक्री भएको छ । अझै ५४ प्रतिशत एफपिओ विक्री हुन बाँकी रहेको छ । चार दिनको अन्तिम तथ्याङ्क अनुसार पनि सबै सेयर सर्वसाधारण लगानीकर्ताबाटै विक्री नहुने छाँटकाँट देखिएपछि कोषले सोमबारदेखि संस्थागत लगानीकर्तालाई समेत एफपिओमा आवेदन खुला गर्ने भएको छ ।

एफपिओमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ता धेरै भएपनि अधिकांश लगानीकर्ताले १० कित्ता सेयर माग गरेपश्चात अपेक्षित विक्री हुन नसकेको हो ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको हो । हाल एननएमबीको दोस्रो बजारमा प्रतिकित्ता ३५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन गर्न सकिने बैंकको शेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । मेरो शेयर प्रयोकर्ताले भने घरमै बसेर इन्टरनेटको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

बैंकले संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बिक्री गर्न लागेको हो । एफपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब १४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी थपिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख नाघ्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले थप ४० करोड रुपैयाँ पूँजी विस्तार गर्नेछ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।