एनएमबिको एफपिओमा बुधबारदेखि संस्थागत लगानीकर्ताले ५० लाख कित्तासम्म आवेदन गर्न पाउने

Jun 20, 2018 Merolagani



नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरेर आवेदन गर्न पाउने अधिकतम सीमा हटाएपछि एनएमबि बैंक (NMB) को एफपिओमा बुधबारदेखि संस्थागत लगानीकर्ताले ५० लाख कित्तासम्म आवेदन गर्न पाउने भएका छन् ।

यसअघि चार दिनमा सर्वसाधारण लगानीकर्ताबाट एक अर्ब ८० करोड रुपैयाँको मात्र सेयर माग भएपश्चात पाँचौ दिनदेखि संस्थागत लगानीकर्तालाई एफपिओ खुला गरिएको थियो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार बैंकको एफपिओमा अधिकतम ५७ हजार ७० कित्तासम्म मात्र अावेदन गर्न पाउने सीमाका कारण संस्थागत लगानीकर्ताले अपेक्षित अावेदन गरेका थिएनन् । 

पहिलो दिनमा नै संस्थागत लगानीकर्ताहरुले एफपिओमा आवेदन गर्न पाउने सीमा बढाउन बैंकको सेयर विक्री प्रबन्धक नागरिक लगानी कोषलाई अनुरोध गरेपश्चात कोषले नियामक निकाय धितोपत्र बोर्डमा सो प्रस्ताव लगेपछि निर्देशिका संसाेधन भएको हो । यसले एनएमबिको साथै आगामी साताबाट एफपिओ निष्काशनको तयारी थालेको नेपाल बैंकलाई समेत राहत मिलेको छ ।

सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको एनएमबि बैंकको एफपिओमा बुधबारदेखि भने संस्थागत लगानीकर्ताले ५० लाख कित्ताकाे हुन अाउने एक अर्ब ६६ करोड ५० लाख रुपैयाँसम्म माग गर्न सक्नेछन् ।

संस्थागत लगानीकर्तामध्ये सामूहिक लगानी कोष, बीमा कम्पनी र कर्मचारी संचय कोषले एफपिओ किन्ने मनसाय व्यक्त गरेका थिए ।

कति पर्याे अावेदन ?

सर्वसाधारण र संस्थागत लगानीकर्ताबाट निष्काशन खुला भएको ६ दिनमा झण्डै ५६ हजार आवेदकबाट करिब ६२ लाख कित्ता एफपिओ विक्री भैसकेको छ । कूल निष्काशित एफपिओमध्ये अब ५२ लाख कित्ता विक्री हुन बाँकी छ । एफपीओमा ढिलोमा असार २८ गते आवेदन गर्न पाउने व्यवस्था छ ।

बुधबारबाट संस्थागत लगानीकर्तालाई आवेदन गर्ने सीमा बढाइएकोले यसै साताभित्र एफपिओ विक्री हुने आंकलन नागरिक लगानी कोषकाे छ ।

बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न एक सय रुपैयाँ फेस भ्यालूमा २३३ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्तम ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ जेठ ३० गतेदेखि निष्कासन गरेको हो ।

एफपीओ बिक्रीपश्चात बैंकले चुक्ता पूँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्नेछ भने २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम जगेडा कोषमा सञ्चित हुनेछ । आठ अर्बमा नपुग ४० करोड रुपैयाँ रकम बैंकले गत आर्थिक आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर कायम गर्नेछ ।

यहाँबाट हेर्नुहाेस् सूचना...




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।