नेपाल बैंकको एफपिओ बिक्री सुस्त, १९ दिनमा कति पर्यो आवेदन ?

Jul 18, 2018 Merolagani



नेपाल बैंक (NBL) को थप सार्वजनिक निष्काशन (एफपिओ) मा ३८ करोड ७६ लाख ४० हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ । साउन १ गते बुधबारसम्म १३ हजार ६४ जना आवेदकले सो रकमको आवेदन गरेका हुन् । 

बैंकको एफपिओ निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार विक्री खुला भएको १९ दिनमा १३ लाख ८४ हजार ४३० कित्ता एफपिओ विक्री भएको छ । जुन कूल निष्काशित एफपिओको ७.८३ प्रतिशत मात्र हो

बैंकले असार १५ गते शुक्रबारदेखि एक सय रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँ एफपिओ निष्काशन गरेको हाे । 

नेपाल बैंकले ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गरेको हो ।

एफपिअाेमा लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

एनएमबि बैंकको अवस्थालाई मध्यनजर गर्दे नेपाल बैंकको एफपिओ भने खुलेको दिनदेखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन खुला गरिएको थियो । तर हालसम्म संस्थागत लगानीकर्ताबाट आवेदन नपरेका कारण निकै कम मात्र एफपिओ विक्री भएको छ । बैंकको एफपिओ साउन १३ गतेससम्म जारी हुने विक्री प्रबन्धकले जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपिओबाट बैंकलाई तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम प्राप्त हुनेछ भने एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी बढ्नेछ ।

सरकारी स्वामित्व घटाएर ५१ प्रतिशतमा झारेर सर्वसाधारण सेयर स्वामित्व ४९ प्रतिशत कायम गर्न एफपिओ विक्रीमा ल्याएको बैंकले जनाएको छ । त्यस्तै वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्दे बैंकको सेवा विस्तार गर्ने उदेश्यका साथ एफपिओ विक्री ल्याएको बैंकको भनाई छ ।

बैंकको एफपिओलाई केयर नेपालले केयर एनपि आईपिओ ग्रेड ३ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको अवस्था औषत आधार रहेको जनाउँछ ।

अन्तिम दिनसम्म पनि नबिके के हुन्छ ?

धितोपत्र बोर्डको व्यवस्था अनुसार थप सार्वजनिक निष्काशनमा शतप्रतिशत प्रत्याभूति (अण्डरराईटर) गर्नुपर्ने व्यवस्था रहेको छ । यसअनुसार नेपाल बैंकको एप,पिओमा पनि ८ मर्चेन्ट बैंकले अण्डरराइटिङ्ग गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार एफपिओमा शतप्रतिशत प्रत्याभूति (अण्डरराइटिङ) गर्नुपर्ने व्यवस्था रहेको छ । नेपाल बैंकको एफपिओमा पनि ८ मर्चेन्ट बैंकले प्रत्याभूति गरेका छन् ।
निष्काशन भएको एफपिओ विक्री नभए अण्डरराइटरले नै किन्नुपर्ने हुन्छ ।

कुन मर्चेन्ट बैंकले कति गरेका छन् प्रत्याभूति ?

नेपाल बैंकले सीबिआईएल क्यापिटलले सबैभन्दा धेरै एक अर्ब १५ करोड ३८ लाख रुपैयाँको प्रत्याभुति गरेका छन् ।

त्यसैगरि ग्लोबल आईएमई क्यापिटलले एक अर्ब १३ करोड ४० लाख, एनआईबिएल एस क्यापिटलले ८९ करोड ९७ लाख, सिभिल क्यापिटलले ४५ करोडको प्रत्याभूति गरेका छन् ।

यस्तै लक्ष्मी क्यापिटल मार्केट्सले ४५ करोड, सनराइज क्यापिटलले ३६ करोड, सानिमा क्यापिटलले २७ करोड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २३ करोड ४० लाख रुपैयाँ बराबरको एफपिओ प्रत्याभूति गरेका हुन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।