ग्लोबल आईएमई लघुवित्तले पूँजीको अनुपातमा नाफा बढाउन नसक्दा इपिएस घट्यो

Jul 25, 2018 Merolagani

ग्लोबल आईएमई लघुवित्तको गत आर्थिक बर्षमा चुक्ता पूँजी वृद्धिको अनुपातमा नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी खुम्चिएको छ । ५० प्रतिशत हकप्रद र २० प्रतिशत बोनस बाँडेर ७० प्रतिशतले पूँजी बढाएको कम्पनीको इपिएस ३ रुपैयाँ ४६ पैसाले घटेको हो ।

अघिल्लो आर्थिक बर्षमा एक करोड १२ लाख खुद नाफा कमाएको लघुवित्तले गत असार मसान्तसम्ममा एक करोड ५८ लाख रुपैयाँ मात्र नाफा बढाएको छ ।

अघिल्लाे बर्ष १९ रुपैयाँ ९९ पैसा रहेको लघुवित्तको इपिएस १६ रुपैयाँ ५३ पैसामा झरेको छ । ग्लोबल आईएमई बैंकको लगानी रहेको लघुवित्तले नै पूँजीको अनुपातमा प्रतिसेयर आम्दानी सन्तुलन गर्न नसकेको हो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ५ करोड ६५ लाखबाट ९ करोड ६० लाख ५० हजार पुगेको छ । कम्पनीको जगेडा कोष ७९ लाखले सुधार आएर ४ करोड ९२ लाख कायम भएको छ ।

३६ करोड ८ लाख निक्षेप संकलन गरि एक अर्ब १० करोड २६ लाख कर्जा प्रवाह गरेर लघुवित्तले पाँच करोड ७५ लाख खुद ब्याज आम्दानी गर्न सफल भएको छ । कम्पनीके खुद ब्याज आम्दानी ७१ लाखले वृद्धि भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको कर्मचारी खर्च ३ करोड ४३ लाख र अन्य सञ्चालन खर्च एक करोड ८१ लाख गरेकाे छ । लघुवित्तकाे सञ्चालन नाफा  दुई करोड ४९ लाख पुगेको छ ।अघिल्लाे बर्ष कम्पनीले एक कराेड ७७ लाख सञ्चालन नाफा कमाएकाे थियाे ।

लघुवित्तको निष्कृय कर्जा अनुपात २.४१ बाट सुधार आएर ०.७५ प्रतिशतमा झरेको छ । लघुवित्तको निक्षेप संकलन लागत १०.२१ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २९ पैसा रहेको छ ।

लघुवित्तको मूल्य आम्दानी अनुपात भने ७५.५१ गुणा बढी रहेको छ जसले कम्पनीको सेयरमूल्यको तुलनामा आम्दानी थोरै रहेको देखाउँछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।