मलेसियाली पूर्व प्रम रजाकलाई कालो धन थुपारेको आरोप, प्रमाणित भए १५ वर्ष जेल

Aug 08, 2018 RSS

मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ । मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित अदालतमा उपस्थित गराइएका उनीमाथि करिब ४ करोड २० लाख मलेसियाली रिंगीट ९एक करोड ३ लाख डलर० भ्रष्टाचार गरेको आरोप लगाइएको थियो, तर उनले यसलाई अस्वीकार गरेका छन् । आरोप प्रमाणित भएमा उनले १५ वर्ष जेल बस्नुपर्नेछ ।

उनी सत्तामा रहँदा गरेका भनिएका विभिन्न तीन वटा भ्रष्टाचारका मुद्दा लागेका छन् । उनलाई गत महिना पक्राउ गर्दा नै भ्रष्टाचार गरेर अवैध रकम थुपारेको आरोप लागेको थियो । बुधबारको यो आरोप तिनै आरोपमध्येको एउटा हो ।

पूर्व प्रधानमन्त्री रजाक ६५ वर्षका छन् । गत महिना पक्राउ परेका उनी धरौटीमा छुटेका थिए ।
मलेसियाली सरकारले पनि उनी प्रधानमन्त्री रहँदा उनले नै स्थापना गरेको‘ १एमडिबी’ नामको आयोजनामार्फत उनले अरबौँ डलर दुरुपयोग गरेको भनी अनुसन्धान गरिरहेको छ ।

बुधबार अदालतमा उपस्थित भएका पूर्व प्रधानमन्त्री रजाक माथि लगाइएका भनिएका ती तिनवटै विषयका बारेमा के थाहा छ भनेर सोधिएको थियो ।

बुधबारै उनको मुद्दा अर्को अदालतमा सारिएको छ । उनको मुद्दाको बारेमा आगामी शुक्रबार थप सुनुवाई हुने बताइएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।