महामारीपछिको विश्वव्यापी अर्थतन्त्र सुस्त गतिमा बढ्नेछ

Feb 15, 2022 06:41 PM Merolagani

विश्वव्यापी वृद्धिदरमा भएको तीव्र वृद्धिले विश्वभर हेडलाइन बनाउँदैछ। भारत सबैभन्दा द्रुत वृद्धिसँगै ठूलो अर्थतन्त्र बन्न तयार छ भने फ्रान्सले पछिल्लो ५२ वर्षमा सबैभन्दा बलियो वृद्धि भएको दाबी गरिरहेको छ।

अमेरिका चीनभन्दा छिटो बढिरहेको छ भन्ने देखाउन जो बाइडेनले पछिल्लो त्रैमासिक तथ्यांकलाई प्रमाणको रूपमा प्रस्तुत गर्दैछन्। तर सत्य यो हो कि सन् २०२१ मा आर्थिक तथ्याङ्क निकै राम्रो देखिएको थियो किनभने त्योभन्दा अघिको वर्षमा सबैले मुखको खाना खाइसकेका थिए।

तुलनात्मक रूपमा यो वृद्धिले वर्तमान अवस्थाबारे केही बताउँदैन। प्रश्न यो छ कि महामारी पछि विश्वव्यापी अर्थतन्त्रहरू कति छिटो बढ्न सक्छ? सन् २०२० को दशकमा विश्वको अर्थतन्त्र, अघिल्लो दशकको तुलनामा सुस्त गतिमा बढ्ने तथ्याङ्कले देखाएको छ। अलिकति इतिहास हेरौं। दोस्रो विश्वयुद्धपछि बेबी बूमका कारण विश्वको जनसंख्या दुई प्रतिशतले बढेको थियो, जुन ऐतिहासिक बूम थियो। नयाँ प्रविधि र ठूलो लगानीले पनि उत्पादकत्वमा ठूलो वृद्धि भएको थियो।

जसका कारण विश्वको कुल गार्हस्थ्य उत्पादन ४ प्रतिशतको अभूतपूर्व गतिमा बढेको थियो। यो पोस्ट वार चमत्कार १९५० को दशकसम्म जारी रह्यो। तर त्यसपछि कुरा सतहमा आउन थाल्यो। जनसंख्या दर घट्यो। उत्पादकत्व दर सुस्त हुन थाल्यो। तर, केही नयाँ घटनाक्रमहरू (जस्तै ऋणमा उछाल, न्यून ब्याजदर, भूमण्डलीकरण र स्वतन्त्र बजार प्रणालीले वृद्धिदरलाई स्थिर राख्यो। २००८ को मन्दी एक मोड थियो, जसले सबै द्रुत गतिका पांग्राहरू सुस्त गर्यो। पैसाको प्रवाह अवरुद्ध भयो।

विकसित देशहरूमा धेरै मानिसहरूले ऋणमा कटौती गरे। श्रम बचत गर्ने डिजिटल प्रविधिको प्रसार हुँदा विश्वको उत्पादकत्व वृद्धिदर एक प्रतिशतमा घट्यो। श्रमिक जनसंख्याको जन्मदर पनि एक प्रतिशतमा झरेको थियो। यही कारणले गर्दा सन् २०१० मा विश्व अर्थतन्त्र २.५ प्रतिशतभन्दा अलिकति बढी मात्र बढेको थियो। यो युद्धपछिको इतिहासमा सबैभन्दा सुस्त गति थियो। जुन कारणहरुले गर्दा यो सुस्तता आएको थियो त्यसलाई महामारीले थप बलियो बनाएको छ।

भाइरसले विकासका लागि जनसङ्ख्या घटाउने दबाब बढाएको छ, अवकाश र जागिर गुमेका घटनाहरू बढाएको छ, आप्रवासी संकटलाई गहिरो बनाएको छ र भारत जस्तो देशमा पनि जन्मदर घटेको छ। आज, भारतको जन्मदर विश्वव्यापी औसतभन्दा कम भएको छ र यो महामारीका दिनहरूमा निरन्तर घट्दै गएको छ। इतिहासले देखाएको छ कि कुनै देशको श्रमिक जनसङ्ख्याको वृद्धिदर २ प्रतिशतभन्दा बढीले घट्छ भने वार्षिक ६ प्रतिशतभन्दा बढीको वृद्धिदरलाई टिकाउन गाह्रो हुन्छ।

रिकभरीको प्रारम्भिक दिनहरूमा उत्पादकत्व द्रुत गतिमा बढ्दछ, तर यसपटक उत्पादकत्व पनि धेरै अर्थतन्त्रहरूमा सुस्त छ। सीईआईसीको तथ्याङ्क अनुसार भारतको उत्पादकत्व वृद्धि दर पछिल्ला केही वर्षहरूमा घट्दै गइरहेको छ। अमेरिका, चीन र भारतजस्ता ठूला अर्थतन्त्रहरूले अहिले भूमण्डलीकरणको सट्टा ‘आत्मनिर्भरता’ लाई महत्व दिइरहेका छन्। उदीयमान प्रमुख बजारहरूले पनि डाटा प्रवाहको लागि नयाँ नियमहरू सिर्जना गर्दैछन्, जसले इन्टरनेटलाई पनि डि–ग्लोबलाइज गर्ने जोखिम बढीसकेको छ।

राष्ट्रिय तालाबन्दीको समस्यासँग जुध्न सरकारहरूले ठूलो मात्रामा खर्च गरे, त्यसपछि ऋणको स्तर नयाँ उचाइमा गयो। तर, अहिले ब्याजदर पनि बढ्दै गएकाले सबै प्रकारका ऋणीहरू पनि विकास बढाउन थप ऋण लिन हिचकिचाउँछन्। कुनै पनि देश संसारबाट काटिएको टापु हुँदैनन्। नयाँ युगमा कसरी छिटो विकास गर्न सकिन्छ भन्ने सबैले सोच्नुपर्छ।

संयुक्त राज्य अमेरिका जस्ता उच्च आय भएका देशहरू – जसले ३ प्रतिशत वार्षिक वृद्धिदरको लक्ष्य राखेको छ – यदि तिनीहरूले २ प्रतिशत पनि हासिल गर्न सके भने भाग्यशाली हुनेछन्। भारतजस्ता न्यून आय भएका देशले पनि आफ्नो अपेक्षा ७ देखि ५ प्रतिशतसम्म घटाउनुपर्नेछ। मुद्रास्फीतिले पनि यो अवस्थालाई जटिल बनाएको छ।

यस्तो अवस्थामा विकास प्रवद्र्धनका लागि नियमित कदम चाल्न पनि नीतिनिर्माताले सक्षम महसुस गर्दैनन्। विकासको तथ्यांकमा अल्पकालीन लाभहरू हाइलाइट गर्नुको सट्टा, हामीले यो बुझ्नु राम्रो हुन्छ कि महामारी पछिको संसार पहिलेको भन्दा सुस्त गतिमा बढ्दैछ।

(दैनिक भाष्करमा प्रकाशित रुचिर शर्माको विचार। शर्मा एक ग्लोबल इन्भेष्टरका साथै बेस्टसेलिङ्ग राइटर हुन्।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।