सेयर सूचीकरण नहुँदाको समस्यालाई धितोपत्र बोर्डका अध्यक्षले ‘खुराक’ भनेर उडाए पछि...

Aug 10, 2018 Merolagani

सेयर सूचीकरण हुन नसकेर लगानीकर्ता समस्यामा परिरहेका बेला धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले यो विषयलाई हाँसोमा उडाएका छन् । शुक्रबार धितोपत्र बोर्डमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम सुरु गर्ने क्रममा उनले सूचीकरणको समस्या बजार तथा समाचारका लागि खुराक मात्र भनी उडाएर लगानीकर्ताको समस्यालाई हाँस्य विषय बनाएका छन् ।

आफैंले गरेको कामको आफैंले प्रशंसा

प्रशिक्षण कार्यक्रम उद्घाटन गर्ने क्रममा सबै वक्ताले छोटो विचार राख्दै प्रशिक्षणको थालनीलाई स्वागत गरेका थिए । अन्तिममा बोल्न थालेका बोर्ड अध्यक्ष कार्कीले ३० मिनेटभन्दा बढी समय खर्चिएर आफुले गरेका कामको प्रशंसा आफैँले गर्न भ्याए ।

कुनै पनि कुरालाई प्रष्ट रुपमा नभई घुमाउरो शैलीमा ओल्टाई पल्टाई भाषण गर्न थालेपछि अध्यक्षको कुरा सुनेर कार्यक्रमका सहभागीले हाई काडेका थिए । बोर्डका निर्देशक डा. नवराज अधिकारीले पटक पटक कानेखुसी गर्दै भाषण छोट्याएर अर्को कार्यक्रममा जान ढिलाई भएको उनलाई अवगत गराए पनि बोल्न पाएको मौकामा चौका हान्न कार्कीले छाडेनन् ।

सूचीकरण समस्यालार्इ बनाए हाँसाेकाे विषय

कार्कीले यति लामो भाषण गरेपनि सूचीकरण शुल्कमा गरिएको परिमार्जनले लगानीकर्तामा परेको असरलाई भने उठाउन चाहेनन् । भाषण सकेर हिड्न लागेपछि सेयर सूचीकरण हुन नसक्दा लगानीकर्ताले भोग्नु परेको समस्याका सम्बन्धमा बोर्डको धारणा के हो ? भन्ने प्रश्नमा उनले हल्का जवाफ दिए । यसले केही समस्या उत्पन्न नभएको दाबी गर्दै उनले सेयर सूचीकरण हुन नसकेको विषय सेयर बजारका साथै समाचारको खुराक मात्र भएको बताए । उनको यो अभिव्यक्ति आए पछि कार्यक्रम स्थलभरी हाँसोको खित्का छुटेको थियो ।

सार्वजनिक कार्यक्रममा जे बोले पनि हुने

उनले यो बिषयलाई हाँसेर टार्न खोजेपछि नेपाल स्टक एक्स्चेञ्जलाई बोर्डले कार्बाही गर्ने हिम्मत किन नगरेको भन्ने प्रश्न तेर्सिउँदा केही प्रतिकृया नदिई कार्की कार्यक्रमस्थलबाट बाहिरिए ।

कार्यक्रममा मर्चेण्ट बैंकर, लगानीकर्ता सम्बद्ध संघ संस्थाका प्रतिनिधि, लगानीकर्ता, प्रेस लगायतको उपस्थिती थियो ।

यसरी सार्वजनिक कार्यक्रममा एउटा जिम्मेवार निकायका प्रमुखले लगानीकर्ताको समस्यालाई हाँसी मजाकमा उडाउँदै समस्यालाई बुझ्न नखोज्नुले लगानीकर्ताप्रति हदैसम्म गैरजिम्मेवार भएको देखाएको छ ।

बोर्ड अध्यक्षले गर्छन् लगानीकर्ताको नोक्सान भरपाई ?

४ वटा कम्पनीको हकप्रद तथा बोनस सेयर सूचीकरण हुन नसक्दा लगानीकर्ता करोडौं रुपैयाँ नोक्सान व्यहोर्न बाध्य छन् । यो समस्यालाई हाँसोमा उडाउने बोर्डका अध्यक्ष डा. कार्कीले के आफ्नो खल्तीबाट लगानीकर्ताको नोक्सान भरपाई गर्छन् ? यो प्रश्न लगानीकर्ताले बोर्ड अध्यक्ष कार्कीलाई सोध्ने कि नसोध्ने ? आफुले गर्ने निर्णय कार्यान्वायन हुन नसक्दा पर्ने असरलाई मजाकमा उडाउन मिल्छ ?

...[सेयर सूचीकरण हुन नसक्दा यसरी फस्यो लगानीकर्ताको सम्पत्ती]...

अध्यक्ष कार्कीको गैर जिम्मेवारिपनालाई लगानीकर्ताले बेलैमा सच्याउन दवाब नदिने हो भने लगानीकर्ताका समस्या यसरी नै मजाकका बिषय बन्ने निश्चित छ ।

बोर्डका अध्यक्षले सेयर सूचीकरण नहुँदा केही असर परेको छैन भन्दै गर्दा हामीले पछिल्लो १० कारोबार दिनमा ६ वटा कम्पनीको सेयर मूल्यमा आएको गिरावटलाई तथ्याङ्क सहित प्रस्तुत गरेका छौं ।

उल्लेखित विषयको उठान नभएको भए अहिलेसम्म सेयर सूचीकरण भएर बेच्न चाहनेले पहिले नै बेचिसक्ने थिए । अब धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीलाई ४ कम्पनीका सेयरधनीका तर्फबाट प्रश्न : तथ्याङ्कमा देखाइएको नोक्सान अध्यक्षज्यूले खल्तीबाट झिकेर लगानीकर्तालाई बुझाउने हो या लगानीकर्ताको सरोकारको विषयलाई यसरी नै मजाक बनाउँदै हिड्न हो ? आगे यहाँकै मर्जी ।

सेयर सूचीकरण हुन नसक्दा नोक्सानको अवस्थामा पुगेका ४ कम्पनीको सेयर मूल्यको तथ्य यस्तो छ ।

 

धिताेपत्र बाेर्डले अायाेजना गर्न थालेकाे धिताेपत्र तथा वस्तु विनिमय बजारसम्बन्धि कार्यक्रम हरेक महिनाकाे दाेस्राे र चाैथाे शुक्रबार दिउँसाे २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । इच्छुक सराेकारवाला व्यक्त्ति तथा लगानीकर्ताले यस कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।