धितोपत्र बोर्डको पुरानै कुरा,शेयर बजारको विकासका लागि नयाँ स्टक एक्सचेञ्ज

Jul 15, 2019 03:55 PM merolagani



नेपाल धितोपत्र बोर्डले शेयर बजारको विकास र विस्तारका लागि अर्को स्टक एक्स्चेन्ज कम्पनी खोल्ने प्रतिवद्धता पुन दोहोर्याएको छ । बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्रमा अर्को स्टक एक्स्चेन्ज स्थापना गर्न दिने बताएको छ ।

बोर्डले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि नयाँ स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो । तर यस सन्दर्भमा यो वर्षभरीमा कुनै काम गर्न सकेको थिएन ।

बोर्डले आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नयाँ स्टक एक्सचेन्ज खोल्नलाई सहजीकरण गर्ने उल्लेख गरेकोे छ । बोर्डले नेप्सेको संस्थागत सुधारका साथै निजी क्षेत्रमा अर्को स्टक एक्स्चेन्ज स्थापना गर्न दिने बताएको छ ।

साथै बोर्डले शेयर बजारको विकासको लागि नेपाल स्टक एक्सचेन्जको सुधारको प्रक्रियालाई पनि निरन्तरता दिने बताएको छ ।

यस्तै धितोपत्र बोर्डले उत्पादनमुलक कम्पनीलाई सेयर बजारमा भित्राउनको लागि बुक बिल्डिङ प्रणालीलाई लागु गर्ने जनाएको छ । बोर्डले आफ्नो नीति तथा कार्यक्रममा हकप्रद सेयर निश्काशनमा पनि आफ्नो हकभन्दा बढि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

यसैगरी बोर्डले अब शेयर ब्रोकरहरुलाई ब्रोकर डिलरसीप तथा एड्भाइजरी सर्भिसको कार्य गर्न दिने व्यवस्था गर्ने भएको छ ।

 

 




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।